पदमको ‘क्वारेन्टाइन’ उपन्यास सार्वजनिक 

नयाँप्रहर संवाददाता

Share:

कार्तिक ६ काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं बोर्ड परिषद्का उपाध्यक्ष साहित्यकार पदम विश्वकर्माको चौथो कृति “क्वारेन्टाइन” उपन्यास शुक्रबार प्रज्ञा भवनमा सार्वजनिक भएको छ ।


नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,अनेसास बोर्ड परिषद्का अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार राधेश्याम लेकाली, अनेसासका सल्लाहकार डा. लक्ष्मणप्रसाद गौतम, अनेसास बोर्ड परिषद्का सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइँटेल, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, साहित्यकार रामप्रसाद दाहालले कृतिलाई सार्वजनिक गरेका हुन् ।

साभार: रातोपटी

प्रकाशित मिति: October 23, 2021 at 1:53 pm

Share:

प्रतिक्रिया दिनुहोस्

थप

×