दिदी 



दिदी
आज तिम्रो बिदाइको दिन रे
आज तिमी अरु कसैसँग यो घर,
यो भाइ लाई छोडेर नयाँ जीवन
सुरु गर्ने दिन रे! 
समय कति छिटो बित्छ है दिदी !

दिदी

हिजो जस्तै लाग्छ तिम्रा
हात समाएर म बन पाखा, घर गोठालो
स्कुल गएको पनि !
हिजो जस्तै लाग्छ बाबाआमाले नदेख्ने
गरि राती राति चाउचाउ बिस्कुट किनेर खाएको
हिजो जस्तै लाग्छ हजुरलाइ घोडा बनाएर
मक हजुरको अङ्गालोमा रमाएको
अनि हिजै जस्तो लाग्छ
म रुन्छ भनेर तिमिले मलाई फकाउँदै
कथा सुनाएको !

दिदी
हामी कति लड्ने गर्थ्यौँ है टिभिको रिमोटको लागि
हामी कति झगडा गर्ने गर्थ्यौँ है पहिला कसले खाना सक्ने भनेर
हामी कति जिस्काउने गर्थ्यौँ है दिदी एउटाले गल्ती गर्दा
हामी कति छिटो अर्काको गल्ती कुरा लाउने गर्थ्यौँ है बाबाआमालाइ !
अनि हामी कति किचकिच गर्ने गर्थ्यौ है यो किन्दिनु त्यो किन्दिनु भनेर ?
अनि याद छ दिदी हामी दशैमा कसको बढी पैसा हुने भनेर
पहिले देखि नै प्लान गर्ने गर्थ्यौँ !

दिदी

समय फेरिएको छ अब त
अब म कोसँग झगडा गर्नु
अब म कोसँग लड्ने गगर्नु
दिदी अब म बिरामी हुँदा हजुरले जस्तै गरि फकाएर कसले खुवाउँछ ?
हजुरले अब अरु कसैको लागि आफ्नो
बढी समय दिनु पर्ने छ
अब हजुर अरु कसैको लागि खुसी हुनु पर्ने छ
अनि अरु कसैको लागि आँसु बगाउने पर्ने छ !

दिदी

म आइरहने छु हजुरकोमा
जिस्काइरहने छु हजुरलाइ
झगडा गरि रहने छु हजुरसँग
तड्पाइरहने छु ,
र माया गरिरहने छु अहिलेझैँ

दिदी बिन्ती छ बिदा गर्दै गर्दा
हजुर आँसु नखसालिदिनु
म हजुरको आँखामा आँसु देख्न सक्दिन !
मन परे share गरिदिनु होला !
लेखक :- Pushpa Sanjel

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *