गजल – सिता प्याकुरेल



तिमीले गर्ने हरेक काेशिस बेकार हुनेछ
जुनदिन मेरो पत्थरसँग प्यार हुनेछ

सँधै चाेट खाँदा खाँदा बानी परिसकेपछि
अचानाेलाई खुकुरीकाे ईन्तजार हुनेछ

चाहिन्न ए दुनियाँ मलाई काेही नि चाहिन्न
जब गिलास अनि बाेत्तल यार हुनेछ

बिचार युध्द गर्नुछ अाउनुस् महाशय
अस्त्ररुपी मधुर वाणी प्रहार हुनेछ

एक यस्तो नियमकाे म बकालत गर्दैछु
जहाँ दिल ताेड्नेलाई नि कारागार हुनेछ

एउटा गजल लेख्नुछ मैले युग बदल्ने
जसको सामु विज्ञान पनि लाचार हुनेछ

सीता प्याकुरेल

सिता प्याकुरेल  सशक्त युवा गजलकार हुन्। विभिन्न साहित्य कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने सिता प्याकुरेल निक्कै वर्ष देखि गजल सिर्जनामा अनवरत लागि रहेकी छिन्।

Loading...