सिता प्याकुरेलको गजल – भोको छोराले बाउलाई रुदै रुदै बोलाइरहेछ



भोको छोराले बाउलाई रुदै रुदै बोलाइरहेछ ।
बाउ सडकमा सासै नफेरी मस्त निदाईरहेछ ।

भाेलि अाँफै सिकार बन्नुछ थाहा छ उस्लाई,
तथापि माकुराले ति सन्तानहरु हुर्काईरहेछ ।

शान्ति खाेज्दै बाैद्वमार्गी बनेको भिक्षुले पनि,
उफ्, अाफ्नै अामालाई हतियार उठाईरहेछ ।

मान्छे मान्छेमा बर्गियता देखिनु स्वभाविक कुरा हो,
समुन्द्रमा ठुला माछाले सानालाई खाईरहेछ ।

घरव्यबहार त्यागेर जाेगि बनेकाे साथी अहिले ,
खै किन गुलाब बाेकेर रत्नपार्क धाईरहेछ ।

सीता प्याकुरेल

सिता प्याकुरेल  सशक्त युवा गजलकार हुन्। विभिन्न साहित्य कार्यक्रमहरुमा सक्रिय सहभागीता जनाउने सिता प्याकुरेल निक्कै वर्ष देखि गजल सिर्जनामा अनवरत लागि रहेकी छिन्।

Loading...