भद्रध्वज गाैतमको एक गजल



तिम्राे काखमा बसाैँकी जस्ताे लाग्याे!
न्यानो मायामा फसाैँकी जस्ताे लाग्याे!!

बगैँचाको फूल सम्झेर दिन रात ,
अाफ्नै अंगालाँ कसाैँकी जस्ताे लाग्याे!

गाला हेर्दै , यौवन चढ्या जस्ताे छ,
भित्री मनमा पसाैँकी जस्ताे लाग्याे!

कतै लडी हालेँ भने म संयोगले ,
तिमी माथि नै खसाैँकी जस्ताे लाग्याे!

गुराँसकाे मीठो रस सम्झिसम्झी ,
जिब्रो फूलमै धसाैँकी जस्ताे लाग्याे!

भद्रध्वज गौतम  भद्रध्वज गौतम
गजलकार,
थाहा नगरपालिका-४, मकवानपुर

Loading...