कार्तिक ७ काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’ पौष ९ गतेबाट प्रदर्शनमा आउने निर्देशक आचार्यले जानकारी दिए । नेपाली चलचित्रका निर्माताले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् ।
दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको यो चलचित्रमा नविन निरौलाको सम्पादन रहेको छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको यो चलचित्रमा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा रहेको पनि निर्देशक आचार्यले बताए ।
दाङमा आयोजना भएको कार्यक्रममा निर्देशक आचार्यले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यो चलचित्रले फ्रेस बनाउने बताएका छ्न। कोरोनाको कारण सिथिल भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुको विकल्प नभएको सुनाए।