हेटौडामा अंग्रेजी भाषा शिक्षण कार्यशाला संपन्न


प्रसिद्धी बुक हाउसको आयोजनामा शनिबार हेटौडाको हेटौडा क्याम्पसमा अंग्रेजी भाषा शिक्षण कार्यशाला संपन्न भएको छ।

हेटौडाका संस्थागत तथा सामुदायिक गरी १० विद्यालयका २७ शिक्षकहरुको सहभागीता रहेको उक्त कार्यशालामा अंग्रेजी भाषा शिक्षणको विविध पक्षको बारेमा चर्चा भएको थियो। अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी बनाउन कार्यक्रमले मद्दत गर्ने कार्यक्रमका सहजकर्ता सरोज लामिछानेले जनाए।

कृष्णदेव भण्डारीको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रमलाई इडीसन पब्लिकेसन, काठमाडौँले प्रायोजन गरेको थियो। उक्त कार्यक्रममा नेल्टाका केन्द्रीय सदस्य तथा मकवानपुर अध्यक्ष गणेश हुमागाईं प्रमुख अतिथि रहेका थिए।

Loading...