आफु जवाफदायी र उत्तरदायी हुनु नपरे, तपाई नुनको सोजो रोज्नुहुन्छ कि स्व-विवेक?


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

आज हामी “आज्ञाकारीता (नुनको सोजो) र स्व-विवेक प्रयोग” मा कुन महत्व राख्छ? बारे मनो-विज्ञानको एक प्रसिद्ध प्रयोग, मिल्ग्राम एक्स्पेरीमेंट (Milgram Experiment) बारे बुझ्छौं। प्रयोगको निस्कर्षले मानव समाजलाई अलमल्याउंछ।

आज्ञाकारीता (नुनको सोजो) र स्व-विवेक प्रयोगको उद्देश्य :-
आफ्नो काम गर्दा, अरुलाई हानी हुने जिम्मेवारी दिए; एक साधारण मानिष कुन हदसम्म अरुलाई हानी-नोक्सानी पुर्याउँन तयार हुन्छ।

प्रयोगको प्रक्रिया :-
प्रयोगको लागी ४० जना पुरुष छानियो। ती पुरुषको उमेर २० देखि ५० को बीचमा थियो, र रोजगारीको स्थर कामदार मजदुर देखि लिएर शिक्षित पेशाकार्मी सबैलाई समेटियो।

उनीहरुलाई विधुतीय करेन्ट लगाउँन मिल्ने एक यन्त्र दिइयो, र उनीहरुको भूमिका प्ररीक्षा लिने शिक्षकको रहेछ। प्रश्न र उत्तरको सुची पनि दिईयो। अर्को कोठामा विद्यार्थी हुन्छन, अनि यदि प्रश्नको उत्तर गलत दिएमा शिक्षकले १५ देखि ४५० भोल्टको करेन्ट दिनुपर्ने आदेश जारी गरियो। सुरुको गलत उत्तरमा १५ भोल्ट र गलत उत्तर बढ्दै जाने क्रममा मात्रा बढ्दै जानुपर्ने हो।

आफु जवाफदायी र उत्तरदायी हुनु नपरे, तपाई नुनको सोजो रोज्नुहुन्छ कि स्व-विवेक?

कामदारहरुलाई दिएको आदेश डर लाग्दो थियो। बीचमा काम छाडिदिउँ जस्तो भाव देखाए, यस्तो थप आदेश प्रवाह गरियो :
पहिलो पटक – निरन्तर आफ्नो काम गर्दै जानुस न
दोश्रो पटक – हेर्नुस्, यो प्रयोगको सफलताको लागी तपाईले काम गर्नै पर्छ
तेस्रो पटक – यो काम गर्नु तपाईको लागी निकै आवश्यक छ
चौथो पटक – तपाईले आफ्नो काम गर्नु बारेक, अरु कुनै विकल्प छैन

प्रयोगको परिणाम:
६५% सहभागी (दुई-तिहाई)ले करेन्टको प्रयोग गर्दै गर्दा, ४५० भोल्टसम्म पुगे। सबै सहभागीहरो ३०० भोल्टको करेन्ट दिनसम्म पुगे।

हामीले बुझ्नु पर्ने निस्कर्ष:

  • आफु जवाफदायी र उत्तरदायित्व नभए, मनिष अरुको ज्यान लिने काम गर्न पनि पछि हट्दैन।
  • आधिकारिक जिम्मेवारी बोध गर्ने अरु कोहि हो भने मानिषले स्व-विवेकलाई प्राथमिकता नदिने रहेछ।

(यो प्रयोग दोश्रो विश्व योद्ध पछि जर्मनीमा गरीएको हो। प्रयोग स्ट्यानले मिल्ग्राम नाम गरेका एक मनोविशेषज्ञले गरेकाले प्रयोगलाई मिल्ग्राम एक्स्पेरीमेंट भनिएको हो। प्रयोगमा विद्यार्थी सहभगीको भूमीकामा रहेकालिई केहि निम्न पैसा लिने र करेन्ट लागेको नाटक गर्न प्रोत्साहन गरीयो। यो कुरा शीक्षकको भूमीका निर्वाह गर्ने सहभागीलाई थाहा थिएन। )

 

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...