नेपालको विद्यालय पाठ्यक्रममा मानसिक स्वास्थ्य शिक्षा कहिले समावेश गर्ने?


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

नेपालको विद्यालय पाठ्यक्रममा स्वास्थ्य शिक्षा विषय कक्षा ८ बाट अनिवार्य छ। पाठ्यक्रममा, मधुमेह, क्यान्सर, ट्युमर जस्ता सबै रोगको लक्षण र नियन्त्रणका सामान्य उपाय सिकाइन्छ। १२ देखि १५ वर्षको उमेरमा मानसिक रुपमा स्वस्थ हुनु महत्त्वपूर्ण छ कि मधुमेह बाट बच्न सिक्नु ? आफैं मनन् गरौँ।

तर, सामान्य मनो रोग र मानसिक रुपमा स्वस्थ रहने उपायहरुमै सिमित राख्नु पर्छ। किशोर अवस्था टेके पछिको शारीरिक र बौद्धिक विकास, आफ्नो समस्यालाई नियन्त्रण गर्न बालबालिकाले सिके उनीहरुलाई धेरै फाईदा पुग्छ।

१) आफ्नो भावना, विचारलाई पनि शरीर जस्तै हेरचाह गर्नु पर्छ बुझे, पछि गएर त्यहि मनो-बलले नै लागु पदार्थ सेवन जस्तो हानीकारक बानीबाट केटा-केटीलाई बचाउन सकिन्छ। आनन्द, खुशीको भाव मनमा भए लागु पदार्थको सुरुवाती ईच्छा अवश्य कम हुन्थियो।

२) आफ्नो व्यक्तित्व पहिचान, आफ्नो रुचि, अरुचीबारे केटा-केटीलाई स्वयम् चेतना भए, स्कुलको अन्त्य सम्ममा, आफ्नो भविष्यको निर्णय आफै गर्न सक्ने हुन्छन। कलेजमा कुन विषय लिने, कुन खेलकुदमा संग्लग्न हुने, कस्तो सामाजिक कार्यमा योगदान दिन सक्छु विषयलाई सहज बनाउन सकिन्छ।

दिन प्रतिदिन अभिभावकको सल्लाहमा, साथीहरुको सङ्गतमा यो विषय रोजे र अहिले दिक्क लगेर आत्म-हत्याको सोच पाल्ने केटा-केटीको बारे समाचार सुन्न मन कसैलाई छैन। समाधान सजिलो छ, मानसिक स्वास्थ्य शिक्षा।

३) कति केटा-केटी घर परिवारबाट लुकेर मनो-विश्लेषक, मनो- चिकित्सकको मा जान्छन। समस्या धेरै हुन्छन। अनि तिमीलाई कसरी थाहा भयो कि मनासिक समस्याबारे सोध्दा, धेरैको उत्तर हुन्छ, “मैले युटुब, विभिन्न वेवसाईटमा पढेको” । यस्ता श्रोतमा बालबालिकाले आफ्नै अध्यान गर्नु ठिक कि विद्यालयको पाठ्यक्रममा समाबेश गरी उनीहरुलाई चाहिने जति ज्ञान दिनु ठिक?

४) मनो-विज्ञानलाई स्कुलको समाबेश गर्दा सिमा भने टोक्नु पर्छ। विश्लेषणात्मक, गहन मनो-विज्ञानका सिद्धान्तहरू बाल मस्तिष्कले बुझ्न सक्दैन। तर, त्यसले गर्दा शिक्षा नदिनु पनि त होइन। मानसिक स्वास्थ्यको मात्र होइन, अन्य विषयहरुको पनि, उमेर अनुरुप पाठ्यक्रम बनाउनुमा मनोविज्ञहरुको विशेष भूमिका`हुन्छ।

५) अन्य फाईदाहरु :

— पढ्दा स्मरण शक्ति कसरी बढाउने?
— आफ्नो आत्म-विश्वास वृद्धि गर्न
— विभिन्न समूह, वर्गमा घुलमिल हुने सीप सिक्न
— आफ्नो पारिवारिक, साथीभाईसँग मतभेद हुदाँ नआतिने, आदि।

healthy family

अलिकति प्रयास गरे, आफ्नो मन नयाँ राम्रो कुरा आप्नाउन खुल्ला राखे, सबै सकारात्मक परिवर्तन सम्भव छ। सबैको जीवन सुन्दर छ। 🙂

 

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...