कतिपयले भने, मनो-परामर्शले केहि फाईदा हुँदैन! कुरा ठिक हो।


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

आजको लेख व्यक्तिगत लेख हुनेछ। मेरो भाव र बुझाईमा आधारीत। कतिपयले भने, मनो-परामर्शले केहि फाईदा हुन्दैन! मलाई कुरा ठिक लाग्छ।

मेरो दाँत अलि नमिलेको छ। माथिको दाँत पुरा छैन। मेरो स्कूल पढ्दाको केहि साथी, छिमेकी दन्त चिकित्सक छन्। भन्छन्, “तिम्रो माथिको दाँत मिलाई हाल। पछि ४० वर्ष काटे पछि, तिमीलाई गाह्रो हुन्छ।” मैले यो सल्लाह मानिन। ह्या, जे-जस्तो छ, ठिक छ। केहि भएछ भने, ४० कटेपछि हेरौँला। उमेरमै नक्कली दाँत हालेर बस्दिन। यसमा, दन्त चिकित्सा शास्त्र दोषी कि म?

यस्तै हुन्छ मनो-विज्ञानमा पनि, कति भाई-बहिनीलाई समस्यामा देख्छु। यसो कुरा सुन्छु, यहि समाधान दिन चाहन्छु। तर, उनीहरुलाई मतलब हुन्दैन। ल दिदि हो र, त्यसो भए अब म आफ्नो पुरानो प्रेमीका बिर्सन, घर झगडा मिलाउन, पढाईमा फेरी राम्रो गर्न डाक्टरको मा जानु? हाहा…..त्यो भन्दा त यसो राती अलिकति रक्सी खान्छु, सुतिहाल्छु नि।  

यस्तो अवस्थामा जति कुशल परमर्शी भए पनि केहि फाईदा दिन सकिन्न। मैले कर गरेर यदि त्यो भाई कुनै मनो-विज्ञकोमा गयो भने पनि, जबसम्म ऊँ आफु स्वयम् यो आफ्नो समस्याबाट बाहिर निस्किने संकल्प गर्दैन, बुद्ध र ओशो जस्ता ज्ञानीले सहयोग गरे पनि केहि फरक पर्दैन।

परिवर्तन त त्यो मान्छे, समाजलाई गर्ने हो, जसले परिवर्तनको परिकल्पना गरेको हुन्छ। जो परिवर्तनको लागी संघर्ष गर्न चाहन्छ। सहारा त्यस्ताको मात्र बन्न सकिन्छ। यो अवस्थामा उसले केहि वर्ष पछि, एक परामर्शीकोमा जान्छ, कि त आफ्नो संघर्ष आफै बुझेर यात्रा अघि बढाई रहन्छ, आफ्नो परमर्शी आफै बन्छ।

एकदिन एउटा उदासिनता मनोरोगको उपचार चाहने २० बर्षिए युवतीले आफ्नो सानो छोरीसँग एक अस्पतालमा थिईन। म उसको बारेमा बुझ्न जादाँ उसले भनि, “हुन दिनु। तपाईसँग कुरा गरेर मलाई सन्चो हुदैन। मेरो दुख तपाईले बुझ्नु हुदैन। सानो उमेरमा तपाईको बिहे भाको पनि होइन, तपाईको त छोरा-छोरी पनि छैनन्। तपाईको श्रीमानले तपाईसँग लुकेर अर्की श्रीमतीसँग बसेको पनि छैन। बेरोजगारी पनि तपाईलाई थाहा छैन, गाउँ-घरको संघर्ष पनि तपाई थाहा छैन। म, तपाईको ठाँउमा भएको भए, मलाई यो रोग नै लाग्ने थिएन।”

यस्तो अवस्थामा मैले केहि नगर्दा म एक कुशल परमर्शी हुनेछु। अहिलेको समयमा उसको र मेरो परामर्श सम्बन्धले उसलाई फाईदा दिन नसके रहेनछ। बरु उसलाई, कुनै मेरो आमाको उमेरको, आफ्नै परिवार भएको, गाउँ-घर देखेको परामर्शदाता कोहि खोजी दिएर, उसलाई नयाँ परामर्शदाताकोमा लगे राम्रो हुन्छ। यति मात्र आशा गर्दछु, केहि वर्ष पछि उसले आफ्नो पढाई पुरा गरे, राम्रो काम गर्न सुरु गरे र हाम्रो कतै भेट भए मलाई चिनेर मुस्कुराउने छिन्।

भनिन्छ, भगवानले पनि त्यो व्यक्ति को मात्र मद्दत गर्छन, जसले स्वयम् आफ्नो मद्दत गर्न चाहन्छ। God helps those, who help themselves. यो सबै क्षेत्र, विज्ञान, प्रविधि, समाज, धर्म, अर्थतन्त्र, राजनीतिमा लागु हुन्छ।

अन्त्यमा, मैले यो उमेरमा नक्कली दाँत त हाल्न मानिन, तर म आफ्नो दाँत, मुख, गिजालाई सफा र स्वास्थ्य राख्न अरु दैनिक कार्य त गर्छु। मानसिक स्वास्थ्य पनि त्यस्तै हो। सधैँ खुशी र शान्तिसँग बच्ने क्रियाकलाप सिक्ने, गर्ने।

मानसिक स्वास्थ्यको मूल सार सबै नेपालीलाई मानसिक स्वास्थ्य सेवा पहुच होइन, जन्म देखि मृत्युसम्म सबैलाई भावनात्मक र सामाजिक रुपमा खुशी राख्नु हो।   

त्यसैले आफ्नोलाई सुखी र शान्त राखौँ, र मद्दत चाहनेहरुलाई मात्र मद्दत गरौँ। परिवर्तन सबैको लागी होइन, परिवर्तनको परि-कल्पना गर्न चाहनेहरुलाई मात्र हो।

सबै व्यक्तिगत, सामाजिक, राष्ट्रिय समस्याहरुका कारक हामी नै हौँ। समाधान पनि हामीले चाहे मात्र सम्भव छ।  

 

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...