यसरी समृद्ध नेपाल सम्भव छ


रामतपस्या कुमार साह

रामतपस्या कुमार साह

केन्द्रीय सदस्य, विवेकशील साझा पार्टी

चाहे संसदमा होस या सडकमा होस खुबै गुन्जिन्छ समृद्धिको नारा , पसलमा होस या मोफसलमा होस ,समाचारमा होस या अन्तर्वार्तामा होस धेरैले समृद्धिको कुरा गरेकै हुन्छन। सोसल मिडियामा होस या गफ-गाफमा होस ,भाषणमा होस या संबिधानमा होस या चुनावी दस्ता नै किन न होस समृद्धि शब्द परेकै हुन्छ। सबैले मन पराउने, सबैले देख्ने समृद्धि कै सपना हो। आज म पनि समृद्धि कै कुरालाई यो लेखमा समेटेको छु त्यो व्यक्तिगत,पारिवारिक नभएर सम्पूर्ण नेपालीको र हाम्रो देशको समृद्धिको हो जुन कसरी सम्भव हुन्छ भन्ने आधारहरू र योजनाहरू प्रस्तुत गर्ने छु।

स्रोत-साधन 
भनिन्छ कुनै पनि उदेश्य हासिल गर्न पहिला लक्ष्य पहिल्याउनुपर्छ ,त्यसपछि लक्ष्य प्राप्तिको लागि आवश्यक स्रोत साधनहरूको व्यवस्था गर्नु पर्छ र त्यसपछि उपलब्ध स्रोत-साधनहरूको समुचित सदुपयोग गर्दै लक्ष्य सम्म पुग्ने बाटो पता लगाउन सक्यौं भन्ने उदेश्य अवश्य प्राप्ति हुन्छ। यसै अनुसार हाम्रो समृद्धिको सपना पूरा गर्न चाहिने स्रोत र साधनहरू निम्नानुसार छन् ; HATH अर्थात् जलविधुत(H) , कृषी (A) र पर्यटन (T) ,जडिबुटी (H)।

जलविधुत
नेपालमा वर्ष भरी बगी रहने तथा बिधुत उत्पादनमा सहयोग पुग्ने खालका झुकाव भएका थुप्रै नदीहरू छन्। मेची,कोशी,कर्णाली,महाकाली,गण्डकीमा करिब साना-ठुल्ला गरी ६००० भन्दा नदीहरू हामी कहाँ छन् l नेपालमा करिब ४३ हजार मेघावाट जलविधुत उत्पादन गर्न सकिन्छ। विभिन्न परियोजनाहरू थालेर समयमै सम्पन्न गरी यथेस्ट मात्रामा जबिधुत उत्पादन गरी तथा छिमेकी मुलुकमा बिक्रि गरी हाम्रो देश नेपाललाई समृद्धिको बाटोमा डोर्याउन सकिन्छ।

कृषि 
तीन – चार दशक अगाडी नेपालले बंगलादेशमा गहू गर्दथ्यो। १९८० तिर नेपालमा कुल क्षेत्रफलको करीब २० % जमिन खेती योग्य हुदा करीब ९०% भन्दा बढी  जनताको जीविकोपार्जन कृषिमा निर्भर थियो  र देशको GDP मा कृषिले करीब ६०% योगदान गर्दथ्यो भन्ने निर्यातमा करीब ७५ % हिस्सा कृषिले ओगट्थ्यो।

कृषिको लागि आवश्यक हावापानी एवं वातावरण अनुकुल रहेको नेपालमा करीब ६६% भन्दा बढी जनता प्रत्यक्ष रूपले कृषि पेशा गर्छन र यो अन्नको मात्र नभएर कच्चा पदार्थको समेत प्रमुख स्रोतको रूपमा रहेको छ। दैनिक रूपमा चीनलाई करीब ७००० मेट्रिक टन बन्दा चाहिने रहेछ जसबाट प्रस्ट हुन्छ कि नेपालमा कृषीमा आधुनिकीकरण एवं औधोगीकरण गरे भन्ने बजार क्षेत्र पनि राम्रो रहेको छ।

पर्यटन 
विश्व पर्यटन संघको दाबी अनुसार अचेल करीब वार्षिक ३० खरब डलर राजस्व हुने विश्वकै सबै भन्दा ठूलो उधयोग हो। आजभोलि विश्वका अधिकांश जनताले नेपाललाई पर्यटकीय दृष्टिकोणले एकदमै मैत्रीपूर्ण एवं रमणीय स्थलको रूपमा लिन्छन।

विश्वका सबै भन्दा अग्ला १० पर्वतहरू मध्ये ८ वटा नेपालमै छन् भन्ने विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमै रहेको छ। पर्यटकलाई भगवानको रूपमा आदर सम्मान गरिने नेपालमा एकातिर यहाको हावापानी,धार्मिक ,साँस्कृतिक रितिरिवाज एवं चाडपर्बहरू ,प्राकृतिक दृश्य,झरना,वनजंगल,नदीनालाहरू पनि पर्यटकहरूको लागि आकर्षणका केन्द्रको रूपमा रहेका छन् भन्ने पर्वतारोहण,पारागलाईडिंग,बन्जी जम्पिंग,राफ्टिंग आदि साहसिक क्रियाकलापहरूको पनि नेपाल एकदमै प्रसिद्ध छ। त्यस्तै विश्व सम्पदा सूचीमा परेका केही सम्पदाहरू जस्तै पशुपति नाथको मन्दिर, बुद्ध को जन्म स्थल लुम्बिनी, बौद्ध सतुपा,स्वयम्भू आदि लाई मात्र राम्ररी सदुपयोग गर्न सक्यौं भन्ने करोडौं बुद्ध धर्मावलम्बीहरू एवं हिन्दु धर्मावलम्बीहरू नेपालमा भित्र्याउन सकिन्छ जसले समृद्ध नेपाल निर्माणमा एकदमै ठुलो टेवा पुग्छ।

जडिबुटी
जडिबुटीमा प्राकृतिक रूपले नै धनी मुलुकको रूपमा चिनिने नेपालको अल्पाइन् बेल्टमा करिब दश हजार भन्दा बढी प्रजातिका जडिबुटी हरू पाइन्छन। नेपालमा करिब १६२४ जातिका मेडिकल र एरोमेटिक प्रजातिका जडिबुटीहरू नेपालमा पाइने गरेको तथ्यांकहरूले देखाउन छन्। कच्चा पदार्थको रूपमा सस्तोमा बेच्नु भन्दा यिनीहरूको सही औधोगीकरण गर्न सके समृद्ध नेपालको लागि कोसे ढुंगा साबित हुन्छ।

हाम्रो समृद्ध नेपालको सपना साकार पार्न उपर्युक्त स्रोत-साधनहरूको समुचित सदुपयोग गरी निम्न विशेष क्षेत्रहरू खेलकुद (S), स्वास्थ्य (H), शिक्षा, उद्यमशीलता (E),  अर्थात् SHE मा लक्ष्य केन्द्रित ठोस योजनाका साथ लगानी गर्नु पर्छ।

खेलकुद 
बिना पुर्बाधार एवं तयारीको बावजुद पनि नेपाली क्रिकेटहरू कम समयमै विश्व स्तरमै एकदमै राम्रो प्रदर्शन गर्दै छन्। भर्खरै नेपालले क्रिकेटमा ODI अर्थात् एक दिवशिय अन्तर-राष्ट्रिय स्तरको मान्यता पाएको छ भन्ने १७ वर्षीय सन्दिप लामिछाने IPL र कैरिबियन प्रिमियर लिगबाट खेल्ने मौका पाएका छन्। समृद्ध नेपालको लागि खेलकुदमा पनि क्रिकेटमा विशेष लगानी हुनु एकदम जरूरी छ।

स्वास्थ्य 
स्वस्थ जनता दिर्घयायु हुन्छन, धेरै उत्पादनशील,रचनात्मक हुन्छन ,धेरै बचत पनि गर्छन तसर्थ स्वास्थ्यमा रणनीतिक,कलात्मक एवं कुशल लगानीले देशको आर्थिक बिकासमा ठूलो योगदान गर्दछ l स्वास्थ्यमा प्रसस्त लगानी बिना समृद्धिको परिकल्पना पनि गर्न सकिंदैन।

शिक्षा 
“विद्यालयको धोका खोल्नु कारागार बन्द गर्नु हो” भन्ने विक्टर हुगो को भनाइ र “शिक्षामा लगानीले सबै भन्दा बढी ब्याज दिन्छ” भन्ने बेन्जामिन फ्रैन्क्लिनको भनाइले शिक्षा समृद्धिको अति-आवश्यक आधार रहेको पुस्टि गर्दछ। शिक्षामा औसत हरेक अतिरिक्त बर्षले व्यक्तिको आम्दनी करीब १०% र देशको GDP करीब १८ % ले बढाउने कुरा प्रमाण हरूले देखाउन्छन।

शिक्षाले लोकतन्त्र बलियो बनाउनुको साथै रचनात्मकता,सक्षमता र योग्यता बढाऊन्छ ,नयानया कुरा आविस्कार गर्न ,पता लगाउन उत्प्रेरित गर्दै सम्रधिको धोका खोल्दछ।

उद्यमशीलता 
संयुक्त राज्य अमेरिकामा हरेक वर्ष करीब ५ लाख साना  उधयोगहरू स्थापना हुने गरेको तथ्यांकले देखाऊन्छन। एकातिर उद्यमशीलताले रोजगारीको सिर्जना गर्दछ अर्कातिर खोज,अनुसन्धान, एवं लागि कोश प्रदान गर्दै आर्थिक,प्राबिधिक एवं सांस्कृतिक विकासमा अहम भूमिका खेल्द छ। नेपालमा दैनिक करीब १२०० युवाहरू विदेशिने गरेका छन् तसर्थ उद्यमशीलतालाई प्रवर्धन गरी देशमै उद्यमीहरूको संख्या बढाएर देशलाइ समृद्धि तिर डोर्याउन सकिन्छ।

बाटो- PATH
सम्रिधिका मिठा चिल्ला कुराहरू कागज र भाषण मा मात्रै सिमित रहने, परियोजनाहरू समयमा समपन्न नहुने ,नेतृत्वहरू गैर-जिम्मेवार एवं दलीय र नाताबाद कृपाबाद भन्दा माथि उठ्न नसक्ने जस्ता कारणले नेपाल र नेपालीहरूले दुख भोग्नु परेको छ। तसर्थ समृद्धिको लक्ष्य हासिल गर्न नेतृत्व वर्गले संयमता/समयनिष्ठता (P), भासन भन्दा कार्यमुखी,जवाफदेहिता (A),सत्यता/पारदर्शीता (T), कडा मेहनत / इमान्दारी (H) अर्थात् PATH को बाटो अवलम्बन गर्नुपर्छ।

मनोवृति
नेपाल खतम भयो ,बर्बाद भयो! यहाँ केही पनि हुदैन। चारै तिर भ्रस्टाचार नै भ्रस्टाचार छ ,सबै तिर घुसखोरी छ ,बेरोजगार नै बेरोजगार छ ,चारैतिर समस्या नै समस्या छ यस्तो ठाउमा बस्नु भन्दा विदेशतिर लाग्नु बेश। यी र यस्ता सोचहरू मनोवृति परिवर्तन गर्नु पर्छ अब असम्भव हैन अवश्य सम्भव छ भन्ने सकारात्मक एवं रचनात्मक सोचका साथ अगाडी बढ्नु पर्छ। विश्व नोबेल पुरस्कार विजेता मालाला ले “एउटा बच्चा, एउटा शिक्षक,एउटा कलम,एउटा पुस्तकले विश्व परिवर्तन गर्न सक्छ “ भन्ने झैँ सबै मिलेर व्यक्तिगत ,पारिवारिरिक,दलीय स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर समृद्ध नेपाल बनाउन कम्मर कसेर लाग्नु पर्छ।

उदाहरणीय व्यक्तित्वहरू 

कसैले देशको लागि केहि गर्छु भन्दा “जुन जोगी आए पनि कानै  चिरेको “भन्नेर अविश्वास गर्ने गरिन्छ। अवसर न पाएर  त हो नि ,सातामा पुगेपछि अहिलेको जस्तै हुने होला नि भन्नेर गर्छु भनेर आउनेलाई साथ दिइदैन तर हैन रहेछ ,सही व्यक्ति सही समयमा सही ठाउमा पुगे पछि असम्भव जस्तो देखिने काम पनि सजिलै हुन्छ भनेर केही हाम्रै समाजका उदाहरणीय ब्यतित्वहरू लाई प्रस्तुत गर्न चाहन्छु।

धुर्मुस-सुन्तली 
नेपाल सरकार एवं नेपाल पुनर-निर्माण प्राधिकरण संग सम्पूर्ण स्रोत-साधनहरू हुदा पनि भूकम्प पिडित र बाढी पिडितहरूको लागि प्रभावकारी काम गर्न नसकी रहेको अवस्था एवं परिवेश र परिस्थितिमा धुर्मुस-सुन्तलीले गिरान्चोर,बर्दिबास,सन्तपुर लगायतका ठाउँहरूमा नमुना बस्ती बनाएर इमान्दार कर्मठ एवम पारदर्शी रूपमा निस्वार्थ रूपले अगाडी बढ्दा हरेक कुरा सम्भव छ। यसपछि अझै उहाहरू नमुना नेपाल एवं क्रिकेट स्टेडियम  बनाउन महानायकको रूपमा अगाडी बढी रहनु भएको छ।

कुलमान घिसिंग 
हामी सबैले लोड सेडिंगको पिडा भोगेकै छौं जुन अहिले निमंटयान्न भएको छ केवल कुशल आटिला उज्यालोको हिरो कुलमान घिसिंग ज्युको प्रयास एवं नेतृत्वले। उहाले भएकै स्रोत-साधनहरूको समुचित सदुपयोग गरेर देश लाई नै लोड सेडिंग मुक्त गर्न लाग्नु भएको छ। उहाले कुनै नया परियोजनाबाट न त बिधुत उत्पादन गर्नु भएको छ न त अन्त कतैबाट ल्याउनु भएकै हो। उहाले सिर्फ आफ्नो क्षमता र कुशलता जिम्मेवारी इमान्दारीका साथ जनताको हितको लागि प्रयोग गर्नु भएको हो। भन्ने पछी गरे पछी हुन्ने रैछ सही मान्छे सही ठाउमा समयमा पुगे पछी जसको ज्वलन्त उदाहरण कुलमान जी हुनुहुन्छ।

खेम शर्मा 
थुप्रै कर्मचारी एवम स्रोत साधनहरू भए पनि हामीले भरतपुर ,त्रिभुवन अन्तर-राष्ट्रिय विमानस्थल तथा प्रसिद्ध सांकृतिक सम्पदा पशुपति मन्दिर फोहर भएको हामी सबैले अखबारमा ,टेलिभिजन एवं बिभिन्न सामाजिक संजालहरूमा पढेकै हेरेकै हौला तर अहिले यहाको अवस्था फेरिएको छ l यी स्थानहरू सफा भएका छन ,टिलिक्क टल्केको देख्न पाइन्छ र यो कोहि विदेशीले गरी दिएको हैन न त कुनै देवी देवताको चमत्कारले भएको हो l यो एक महान कर्मशील इमान्दार देश भक्त खेम शर्मा ज्युको स्वयंसेवी नेतृत्वले सम्भव भएको हो l भनिन्छ खाने मुखलाई जुंगाले छेक्दैन जुन खेम जीले आफ्नो कामले सिद्ध गरेर देखाउनु भएको छ।

निष्कर्ष
समृद्ध नेपालको लागि हामी संग आवश्यक स्रोत साधन,जनशक्ति एवं नेतृत्वहरू समेत रहेका छन्। अबको २० वर्षमा समृद्ध नेपाल बनाउन सकिन्छ जसको लागि उपर्युक्त स्रोत साधन HATH को समुचित प्रभावकारी ढंगले सदुपयोग गर्दै विशेष क्षेत्र SHE मा लक्ष्य केन्द्रित योजना सहित लगानी गरेर रचनात्मक आँटिलो मनोवृतिको साथ PATH पछ्याउदै अगाडी बढ्नु पर्छ । आउनुहोस हाम्रो समृद्धिको सपना साकार पार्न सही व्यक्ति सही ठाउमा सही समयमा पुर्याई  सही काम गर्न सहकार्य एवं हातेमालो गरौँ ।

 

रामतपस्या कुमार साह

रामतपस्या कुमार साह विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन्। शिक्षण पेशामा संलग्न साह बागमती सरसफाई अभियानको प्रमुख अभियानकर्ता मध्य एक हुन्। सामाजिक अभियानहरुमा उनको सहभागीता निक्कै प्रेरणादायी छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...