मनो-परामर्श एक महँगो सेवा हो, औसत वर्गका नेपालीको पहुँच भन्दा टाढा छ


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

कक्षा कोठामा पढेको हो, विदेशमा त मान्छेहरुलाई मनो-परामर्शको निकै महत्व बुझेका छन्। परामर्श सेवा महँगो परे पनि आफ्नो पैसा बचाई-बचाई आउँछन्। आफ्नो अमुल्य समय र पैसा मनो-परामर्शमा खर्च गर्छन। नेपालमा मनो-परामर्शमा खर्च गर्न चाहन्नन्। तर, यो एक महँगो सेवा हो, मनो-परमर्शीको समयको मूल्य पर्छ। आशा गरौं, कुनै दिन नेपालीले यो कुरा बुझ्छन्। मलाई यो कुरा चित्त बुझेको छैन। म यो कुरा मान्दिन।

यदि देश अनुसारको भेष आपनाउँन नसके, यो सेवाको कदर गर्नु पर्छ जस्तो मलाई लाग्दैन। जब सक्षम वर्गको आफ्नो पक्षकार (client) को आर्थिक स्थिति अनुरुप सेवा दिन सक्दैन भने, परामर्शको आर्थिक भारले पक्षकारको तनाब बढाउँछ भने, त्यो सेवा अनुकुल हुदैँन।

मैले बुझेको जुन दिनसम्म एक मनो-परमर्शीले खाजा खाने क्याफे जस्तै पारदर्शी सेवा शुल्क प्रस्तुत गर्न सक्दैन, जब सम्म औसत नेपाली(शहरी क्षेत्रमा बसोबास गर्ने)ले, यो सेवा आर्थिक तनाबकै रुपमा लिनु जायज छ। क्याफेमा जस्तै मेन्यु (menu) कार्ड हेर्ने हो, आफ्नो आर्थिक स्थिति अनुरुपको क्याफेमा जाने हो। विधार्थी, पेशाकर्मी, व्यवसायी, विज्ञ सबै वर्गको स्वाद र स्तर बुझि खाजा-खानाको क्षेत्र फस्टाउँन सकेको छ भने, यस्तै जुक्ति मनो-परमर्शीले अपनाउन सके नै यो क्षेत्रले भविष्यमा नेपालमा आफ्नो स्तर बनाई राख्ने हो। मनो-विज्ञान जतिनै फराकिलो क्षेत्र भए पनि, समाजका मनिषले नबुझे हामीले बुझ्नु पर्छ कि नेपाली माटो सुहाउदो जुक्ति लगाउँन मनो-परमर्शी, विज्ञहरुले नै नसकेकै हो।

ठिक कुन सेवाको लागी कति पैसा लाग्छ र किन त्यति लगाएको थाहा पाउने अधिकार पक्षकारको अरु सेवा, समानमा छ भने त्यो हक-अधिकार मनोपरामर्शमा पनि दिन सक्नु पर्छ। अहिलेको समयमा नेपालका धेरै जसो सरकारी आस्पतालमा मानसिक स्वास्थ्य सेवा सुपथ मूल्यमा प्रदान गरिन्छ। उपलब्ध सेवाहरु बारे बुझ्न यो लिंक हेर्न सक्नु हुन्छ:- https://sujenman.wordpress.com/2012/07/07/places-for-psychosocial-mental-health-care-in-nepal/

म आफै पनि नेपाली मनोरण्जन (चलचित्र, संगीत, नाटक), व्यापार-व्यवस्थापन क्षेत्रामा रहर लाग्दो तरिकाले कति ठाउँमा मनो-बैज्ञानिक जुत्ती (psychological tricks, strategics) व्यवारिक रुपमा प्रस्तुत भएको देख्दा छक्क पर्छु। धेरै हदसम्म मनो-विज्ञान पढेर, बुझेर पनि मानसिक स्वास्थ्यलाई रहर लाग्दो ढंगमा प्रस्तुत गर्न नसक्नुमा मानसिक स्वास्थ्य कर्मी कतै न कतै चुकेकै छौं।

केहि प्रस्न, जिज्ञासा भए कमेन्ट गर्नुहोला वा [email protected] मा ईमेल पनि गर्न सक्नु हुन्छ।

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...