२१ देखी २४ वर्ष उमेरको युवा मन कसरी बुझ्ने?


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

२१ देखि २४ वर्षको उमेर यस्तो समय हो, जब मानिषले आफ्नो जीवनको अर्थ खोज्ने प्रयासमा लाग्छ। यो समयमा आफुले बोकेका मान्यताहरुलाई हामी आफै प्रश्न गर्छौँ। हाम्रो अभिभावक, शिक्षकले सिकाएका कुराहरुको मुल्यांकन आफै गर्न थाल्छौं र आफ्नो नयाँ मान्यताहरुको संरचना सुरु गर्छौँ। सहरी नेपाली युवाको परिवेशमा हेर्दा, यहि उमेरमा हामी आफ्नो करियरको सुरुवात पनि गर्छौँ।

कस्तो समस्या आउँदा आतिनु हुन्न?

१) आफ्नो जागिरमा गयो, पुरा समय काम त गरिन्छ; तर सब काम अर्थहीन लाग्छ। ह्या, मैले त केहि गर्न सक्या छैन। दिन भर फोटोकपी र प्रिन्ट बारेक अफिसमा केहि गर्छु जस्तै लाग्दैन। कस्तो नालायक रहेछु म।

२) मैले परिवार, समाज, देशको लागी केहि गर्नु पर्छ। तर, थाहा छैन के गर्नु।

३) मैले त केहि देखेको, बुझेको नै छैन। दुई-चार वटा देश विदेश जान मन छ। कसरी जाने होला।

४) घरमा बिहे गर भन्छन। फेरी म एउटै साथीसँग जिन्दगी भर टिक्छु जस्तै लाग्दैन। के गर्ने होला?

यस्ता अन्योल स्वभाविक र प्राकृतिक हुन्। यस्ता अन्योल राम्रा हुन्। यसले नै पछि गएर नव युवालाई लायक र परिपक्क बनाउने हो। अन्योलको सत्तो यो उमेरमा थाई जागिर, बिहेबारी, बिदेशमा बसाई सराई पनि धेरैले गर्छन। व्यक्तिगत रुपमा, मैले बुझ्दा यस्ता निर्णयले जीवन भरको स्थिरता ल्याउँछ। त्यसैले, पछि गएर पछुतो हुनु भन्दा यो उमेरमा निकै ठुला निर्णय नलिदाँ राम्रो।

के गर्दा राम्रो हुन्छ त?

१) यो उमेर करियरको लागी काचो माटो सरह हो। धेरै सिक्न मिल्ने, राम्रो हाकिमहरु भएको ठाउँमा काम गर्दा राम्रो। कुनै परिपक्क निष्ठावान व्यक्तिको मार्ग-दर्शनले पछि गएर आफुलाई सलिन व्यक्तित्व बनाउन सक्छ।

२) कुनै सामाजिक संस्थामा स्वयमसेवा गर्दा विभिन्न मान्छे भेट्ने, चिन्ने गर्दा आफ्नो दृष्टिकोण फराकिलो बन्छ। यो खाली जिन्दगीको अर्थ भेटिन थाल्छ।

३) आफुभन्दा साना किशोर र ठुला व्यक्ति दुबैको संगत गर्ने। सानालाई मद्धत गर्ने, म पनि पहिला यस्तै थिए भन्ने सम्झना बोक्ने। ठुलाको मार्ग-दर्शनलिने। म पनि आउदो दिनमा उहाँ जस्तै बन्नु छ भन्ने परिकल्पना गर्ने। यसले आत्म-विश्वास बनाई राख्छ। साथै, अघि बढ्ने बाटो पनि देखाई राख्छ। जीवनको सन्तुलन बनाई राख्छ।

यो २१ देखि २४ वर्षको संघर्षले नै हाम्रो भविष्य निर्धारण गर्ने ठुलो भूमिका खेल्छ। यसलाई सदुपयोग गर्ने जिम्मा पनि आफैलाई छ।

केहि प्रस्न, जिज्ञासा भए कमेन्ट गर्नुहोला वा [email protected] मा ईमेल पनि गर्न सक्नु हुन्छ।

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...