बच्चाहरूको प्रकृति बुझौं, प्राकृतिक रुपमा नै हुर्काऔं


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

कति कुरा छन् जुन हाम्रो सामाजिक संस्कारले गर्दा हामी प्रकृतिको बिपरित जान्छौं। समाज, देश, समुदायको केहि महत्व होलान तर सबैभन्दा माथि प्रकृति नै हुन्छ। अरु जे-जस्ता नियमको बिपरित जादाँ पनि हुन्छ, तर प्रकृतिको बिपरिक जादाँ आफैलाई नोक्सान हुने हो। प्रकृतिको बिपरित कहिले जानु हुदैँन।

हामीले जानी-नजानी साना बच्चाहरु प्राकृतिक रुपमा जसरी हुर्दिनु पर्ने हो, त्यसरी हुर्काउदैनौं। सामान्यत, हामीले गर्ने गल्तीहरुलाई सच्याउँन गार्हो छैन।

१) स-साना बामे सर्ने, भर्खर हिड्न सिक्दै गरेको बच्चालाई केहि खेलौना किन्छौं। अहिले खेल्न जान्दैन, जे पनि मुखमा मात्र हल्छ, पछि अलि ठुलो भएपछि खेल्छ भन्छौं अनि सब खेलौना भनेर दराजमा सजाउँछौं। २ वर्ष सम्मको बच्चाले संसार बुझ्ने, सिक्ने नै मुखले हो। जे जति सिक्ने हो, ओठको स्पर्शले सिक्छ। त्यसैले, बच्चालाई ओठले स्पर्श गर्न खुल्ला छोडिदिनु पर्छ। खेलौना सफा र स्वच्छ हुनुपर्छ।

२) मेरा कतिपय साथीहरु अरु आफन्तको स-साना बच्चालाई बाबु आऊ-आऊ दादा भन, मामा भन भन्दै बच्चाको अनुमति बिना बिक्छौं। तर, बच्चाले बाहिरी संसार र धेरै मान्छे चिन्न सक्ने भएकै हुदैन। उसलाई डर लाग्छ, गार्हो हुन्छ यसो गर्दा। टाँढाँबाट मुस्कुराउने र मन परे बच्चाको तर्फ़ हेरे मात्र राम्रो। उसले तपाईको मुस्कानसँग सम्बन्ध जोडन सके तपाई तर्फ़ आउँछ नत्र आउँदैन।

३) आजभोली हामी मोण्टेसोरी स्कुलको बारेमा धेरै सुन्छौं। मोण्टेसोरी स्कुल भनेको बच्चालाई आमा नहुदाँ खुवाउने, सुताउने, खेलाउने गर्छन भनेर धेरै अभिभावकले बुझेका हुन्छन। हामीले बुझ्नु पर्ने चाहिँ यो हो :- मोण्टेसोरी शिक्षण प्रणाली मारिया मोण्टेसोरी नामक एक शिक्षा विधले बनाएको शिक्षण प्रणाली हो, जसमा बच्चाले आफ्नो पाँच इन्द्रियबाट शिक्षा प्राप्त गर्छ। सबै इन्द्रियहरुको प्रयोगले उसलाई पछि सम्म सबल, सक्षम र हाम्रो पुस्ताभन्दा सिपालु बनाउने हो।

४) हामीले कतिपए अवस्थामा बच्चाहरु कुरा गर्दा पनि उखान टुक्का, धेरै अर्थ र मर्म बोक्ने। झन्, उखान टुक्का र तिनको अर्थ पनि स्कुलमा सानैमा पढाईनछ, त्यो काम लाग्दैन। किशोर अवस्थासम्म सिदा र ठाडो अर्थ मात्र बुझ्ने मानव समता हुन्छ। मलाई याद छ, म कक्षा २ मा पढ्दा स्कुलमा प्रिन्सिपल सर आएर “हुने बिरुवाको चिल्लो पात” भन्नु हुन्थियो। कहिलेकाहिँ मलाई पनि भन्नु हुन्थियो। म दिमागमा आँपको रुख, कर्कलोको पात आउँथियो। ती चिल्लो पातबारे भनि रख्थिए, र मैले धेरै समय आँपको रुख, कर्कलोको पात सम्झिदै बस्थिए। त्यसैले प्रत्साहन गर्न, माया गर्ने पनि तरिका थाहा हुनु पर्छ, नत्र बच्चामा कुन बेला नराम्रो असर पर्छ थाहा हुन्न।

……………….अनगिन्ति गल्तीहरु छन्।

यस्ता गल्तीको हामीले सयौं गरेका छौँ। तपाईलाई यो लेख पढे पछि मानवको मानसिक विकासबारे पढ्ने जिज्ञासा बढेको छ भने कुनै पनि Life Span Development को किताब इन्टरनेटमा पढ्न सक्नु हुन्छ। पढ्दा सजिलै बुझिन्छ।

 

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...