बच्चालाई सु-संस्कार दिनको लागि सुरुमा आफ्नो बानी सुधारौं


राज क्षेत्री

राज क्षेत्री

एक विवेकशील नेपाली

हामी र हाम्रो समाज हाम्रो सिस्टम ले जहीले पनी सोध्छ, ‘बाबु नानी तिमीहरुले आज के पढ्यौ?’
‘आज सरले के पढाउनु भयो ?’
‘आफ्नो सामान कसैलाई न दे है ।’
‘तिमीले होमवर्क गरेउ की नाइ ? ‘
‘राम्रो सँग पढ्ने है ल।’
‘के आवारा जसरी बिचार, गोष्ठी, बैठकमा मात्र हिड्ने? पाउनु केहि होइन।’
‘छोरी मान्छे थपक्क बस्नु पर्छ। बड़ी चुरीफरी होइन है।’

तर अफसोच हामी कहिलै भन्देनौ की, ‘बाबु, के आज तिमी ले जानेको कुरा कुनै साथीलाई सिकायौ?’
‘के कुनै कमजोर साथीलाई कुनै प्रकार ले सहयोग गर्यौ?’
‘के स्कुलबाट आउँदा कुनै बुढा आमाबुबा, बिरामी, अपांगहरुलाई बाटो काट्न सहयोग गर्यौ?’
‘आजको दिनमा सब भन्दा राम्रो काम के गर्यौ?’
‘आज पॉकेट खर्च बाट कुनै राम्रो काममा सहयोग गर्यौ ?’
‘हो बाबु! तिमीले समाजको लागी केही गर्नु पर्छ ।’
‘छोरी हूँ भनेर पछी बस्ने होइन। जे मन लाग्छ त्यो काम गर्ने है। ल आमा बाबा साथ छन। दुनियाको परवाह नगर है।’

हामी बालबालिकालाई गाली गर्नु हुन्न भनी सम्झाउछौँ। अनी रिसको झोंकमा बालबालिकाको अगाडी श्रीमान श्रीमती झगड़ा गर्छौं। अपशब्द बोल्छौँ। आखिर बच्चाले के सिक्छ?

हामी बच्चालाई भन्छौ झूट बोल्नु हुदैन है र  घर मा कोई आउँदा भन्छौं कि भनिदेउ आमा हुनु हुन्न। हामी आफै जथाभावी फोहोर फाल्छौं। दिशा पिसाब गर्छौं। र बच्चालाई भन्छौं डस्टबिन शौचालय प्रयोग गरेन।

street child making donation

आखिर बच्चाले सिक्ने भनेको त हाम्रो बोली भन्दा पनि कामबाट हो। कस्तो शिक्षा दिदै छौं हामी हाम्रो भाबी पुस्तालाई। एक पटक सोचौं  त ?

अनि  कसरी हुन्छ त समाज मा सन्तुलन? अनि कसरी हुन्छ समाज विवेकशील? अनि कसरी बन्छ देश? राम्रो शिक्षा ले मात्र होइन राम्रो व्यवहार पनि आवश्यक हुन्छ र त्यसको सुरुवात घरपरिवार, स्कुल। आफन्त र समाज बाट नै हुन्छ। अन्यथा हामी पढेर डॉक्टर, इंजीनियर, एकाउंटेंट, नेता, उद्यमी त बन्न सक्छौं। तर राम्रो डॉक्टर, विवेकशील इंजीनियर, जनताको मन बुझ्ने नेता, ईमानदार उद्यमी बन्न सक्दैनौं।

हामी त सक्षम हुन्छौ, हाम्रो देश कहीले सक्षम बन्न सक्दैन। त्यसैले, आज देखी नै आफ्नो व्यवहार सुधार्न तर्फ लागौं।
सुन्नमा अनौठो लाग्न सक्छ तर पृथक बिचार सुरुमा अनौठो नै हुने गर्छन।

 

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111