अपाङ्गमैत्री समाजको लागि यमलाल रसाइलीको रारासम्म साइकल यात्रा


राज क्षेत्री

राज क्षेत्री

एक विवेकशील नेपाली

अपाङ्गता भएका नागरीकहरुको समान सहभागिता,सामाजिक न्याय मा सुनिश्चितता,जनचेतनाका निम्ती आदरणीय दाजु यमलाल रसाइली को लम्की,कैलाली देखी राराताल , मुगुसम्मको लगभग ५०० किलोमीटर भन्दा बड़ी जोखिमपूर्ण यात्रा एउटा खुट्टाको सहाराले साइकल यात्रा गर्दै कर्णाली भ्रमण वर्ष २०७५ को अभियान सफलताको साथमा जेष्ठ ४ गते थालेको यात्रा १७ गते बेलुका ८ बजे सम्पन्न भयको छ ।

हुन त यो भन्दा पहिला पनी दाजुले नेपालको ३७ जिल्ला , पूर्व पश्चिम यात्रा, लुम्बिनी काठमाण्डौ यात्रा, भारतको नर्थ ईस्टका राज्यहरुको साइकिल यात्रा गरी सक्नु भयको छ र आज फेरी दाजुको नेपाली ध्वजवाहक साइकिल मुगु को रारा ताल पुगेको छ । गरे के संभव हुदैन र ?

यो यात्राले अपांगता भयका मानिस हरेक क्षेत्रमा सफल हुन सक्छन भन्ने संदेश दिएको छ र हामीसँग कला साहित्य, खेल, शिक्षा, हरेक क्षेत्रमा यस्तो उदाहरण छन जसको प्रवर्धन आवश्यक छ, जरूरी छ त हामीले अपांगता भयका मानिसहरुलाई हेर्ने दृष्टिकोण फेरिनु पर्यो । अपांगता भयका मान्छेलाई बेचारा होइन अपांगमैत्री वातावरणको सृजना गर्नु पर्यो , वातावरणको सृजना भै दिए ऊनि हरु आफै अवसरको सृजना गर्न सक्षम छन , चुनौतीहरु लिन सक्षम छन मात्र हामीले उनीहरुलाई प्रोत्साहन गरी दिए पुग्छ । यो क्षेत्रमा सरकार समाज र हामी स्वयं पनी कही न कही चुकी रहेका छौं । हामीले सधै सहानुभूतिलाई प्राथमिकता दिने गर्छौ तर यहां सहानुभूति होइन समानुभूति को खाँचो छ , यहां सम्मान र प्रोत्साहन को खाँचो छ , यहाँ त्यो वातावरण र प्रोत्साहन को खाँचो छ । सरकार को क्षेत्र मा यो मुद्दा मात्र अपांग भत्ता सम्म सीमित हुनु भयन यसका उत्थान का लागि प्रवर्धनका लागी हरेक स्तरमा धरातल होस वा नीति नियम कानुन सबै क्षेत्रमा काम हुनु पर्यो । कसैलाई यो कुरा अनौठो लाग्न सक्छ तर आफै बिचार गरौं सरकारले भवन बनाउँदा वा भाड़ामा लिदा अपांग मैत्री भौतिक पूर्वाधार मापदंडमा छ र यदि छ भने के हाम्रो सरकारी कार्यालयमा कार्यान्वयन भएको छ ?
अपांग मैत्री ट्वाइलेट छन ?
‎स्कुलमा अपांग मैत्री सामग्री र रेलिंग छन ?
‎यातायातमा व्हील चेयर लैजान मिल्ने गाड़ी र प्रतीक्षालय छन ?
‎स्कुलहरुमा अपांगता संबंधी शिक्षक छन ?
स्पेसल नीड़स्कुल र कलेज कती छन ?
कौशल विकास केंद्र कती छन र छन भने कुन अवस्था मा छन ?

त्यसैले हो देशको विकास आवश्यक छ। देशलाई पानी जहाज , मेट्रो , घर-घरमा गैस , हाइड्रोपावर सबै आवश्यक छ। तर यस्तो नहोस त्यो भीड़मा अपांगता लगायत अन्य मुद्दाहरु हराउन । सरोकार वालाको ध्यान यस तर्फ जाओस ।

फेरी एकपटक पुनः यमलाल रसाइली दाजु लाई साहसिक यात्रा को लागी बधाई , हजुर मार्फत यो अभिप्रेरणा र यो सकारात्मक ऊर्जा सधै प्राप्त होस ।

हजुर को “Cycle city Attariya Kailali” लगायत पैरा ओलम्पिकमा नेपाल को प्रतिनिधत्व गर्ने सपना पूरा होस र अझै उचाइमा पुग्नुस सुभकामना।

अन्तमा यमलाल जी हजुरको नेपाली ध्वजवाहक साइकिललाई देखेर पुनः आफ्नो प्रतिबध्दता दोहोराउदै छु ” बोकेसी एउटै झन्डा बोक्ने हो नेपालको झन्डा ।”

 

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111