५० वर्ष पहिला बुझ्न सकिने मन, नेपालीले आजसम्म बुझेनन्

आज किन किन मलाई लाग्यो, यो लेखेर, बोलेर, अरुलाई पढ़ाएर परिवर्तन हुने भए, विश्वेश्वरप्रसाद कोइराला (बि.पी) ले झन्डै ५० वर्ष, आधा सताप्दी अघि नै मनो-बिज्ञानलाई नेपाल समाज सान्दर्भिक रुपमा आफ्नो किताबहरुमा उतारेका थिए।

त्यो समयमा प्रकृति, मानव शरीर र मन बुझ्न सकेका रहेछन। किताबमा उतार्न सकेका रहेछन। मैले बुझ्दा त नेपाल र नेपाली सभ्यता ५० वर्ष अघि नै धेरै फराकिलो भई सकेको रहेछ। खै, त्यति हुदाँ पनि आजसम्म पनि त्यहि कु-संस्कार, सभ्यता, कम्जोर मूल्य-मान्यता बोकेका छन्। सायद लेखेर केहि ठुलो फाईदा, उपलब्धि नहुने रहेछ। अब बाट लेखौँ कि नालेखौँ पो भयो। लेख्न छोडे अरु के गर्न सकिएला?

बि.पी कोइरालाले त नेपाली मानसिकता परिवर्तन गर्न सकेनन्, मैले के गर्छु होला र?

पढ्न मन नलाग्नेहरुले अडियो बुक सुन्दा हुन्छ। किताब जत्तिकै प्रभावकारी अलि नहोला, तर चेतना भने हुन्छ:

बाबु, आमा र छोरा: https://www.youtube.com/watch?v=7hWbD1u8cFY

तीन घुम्ती: https://www.youtube.com/watch?v=RFgTGgzIcOs

सुम्निमा: https://www.youtube.com/watch?v=bS2iXBkHyvU

इत्यादि………..

(नोट: कृपया कोइराला ‘थर’ मिल्छ भनेर चाहि कमेन्ट भन्ने संयोगमा धेरै चर्चा नगरिदिनु होला। )

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: editor@nayaprahar.com
वेब फारम: nayaprahar.com/submit-news-article

सम्पादन गरिएको: June 10, 2018, 11:22 am

सेयर गर्नुहोस्
संवाददाता:
बिबिता कोइराला

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am