वर्तमान ‘present’ मा कसरी बाच्ने?


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

धेरैले उपदेश दिन्छन, “वर्तमानमा बाच्नु पर्छ” “Live in present”। यो उपदेश लिने सबैले सोच्छन, “वर्तमानमा बाच्न मन त मलाई पनि छ, तर कसरी? त्यति गर्न सके त म यस्तो दिग्दार किन हुन्थिए र!”

मलाई आज भन्दा ६ महिना अघिसम्म वर्तमानमा बाच्न आउदैंन थियो। अहिले नयाँ-नयाँ सिकेको हो। प्रक्रिया सजिलो रहेछ।

धरै दार्शनिक, ईतिहास, युद्धबाट प्रतिपादन भएका शुन्यता र खाली जीवनीका कथा कहानी अहिलेलाई छोड्दिउ। सारमा एक सटिक प्रक्रिया छ, मात्र ३ स्टेपको, यसरी बुझौँ:

स्टेप १
जन्मिदा हामी शुन्य हुन्छौं। केहि अर्थ, मान्यता, लक्ष्य, चुनौती हुदैँन। मेरो त थिएन। कसैको हुदैँन तपाईंलाई के लाग्छ? (a) हुन्छ (b) हुदैंन

हुदैन भने के हो त, तर्क कमेन्टमा लेख्नुहोस्।

 

स्टेप २: दार्शनिकहरुको थिएन। त्यसैले, अब दोस्रो अनुमान। अर्थ हुदैन, तर मानव मस्तिष्क निकै शक्तिशाली हुन्छ, यतिकै हावा, पानी, अन्न, मासु, घाँस खाएर मात्र बच्न सक्दैन। त्यसैले, धर्म, शिक्षा, परिवार, स्वास्थ्य, समाज, व्यापारलाई समय दिएर आफ्नो जीवनलाई मुल्यवान तुल्याउँन खोज्छ। मलाई यो तर्क चित्त बुझ्यो। तपाईंलाई के लाग्छ? (a) हो (b) होइन

होइन भने के हो त, तर्क कमेन्टमा लेख्नुहोस्।

 

स्टेप ३: त्यसैले अरुले निर्धारण गरेको धर्म, शिक्षा, परिवार, समाजको क्रियाकलाप, नियम पालना गर्न सकिन, चित्त बुझेन भनेर आफ्नो जीवनलाई डर, त्रास, अन्योलमा राख्नु पर्ने कारण खै केहि पनि देखिदैंन। भुत र भविस्य कहिले आउदैंन, केवल अहिलेको समय चलिरहेको छ र चलिरहन्छ, यो भविष्य भन्ने शब्द त बरु शब्दकोश बाटै हटाए पनि फरक नपर्ला।

बरु कुनै बेला वर्तमानमा थकाई लागे, गार्हो भए, कतै हराए जस्तो भए सानो सानो अभियास गर्न सकिन्छ।

  • यस समय आफ्नो शरीरलाई ध्यान दिनु। आफ्नो हात, खुट्टा, पेट, मुटु, स्वास कस्तो अनुभुती छ। ध्यान दिएर, आफ्नै शरीरलाई हेरौं, महसुस गरौँ।
  • आफ्नो मनमा आउने विचारलाई एउटा कापीमा तिप्नुस। १०, १२, १५ जति धेरै थोरै भए नि फरक पर्दैन। त्यसपछि, ती नोट गरेका सोचाई लाई सकारात्मक कति वटा भए र नकारात्मक कति वटा भए भनेर छुत्याउनुस।

यस्ता अभियास ३-४ दिन गर्न सके, तपाईले आफैलाई आफैले राम्रो संग छिन्न थाल्नु हुन्छ र जीवनलाई बुझ्नु हुन्छ। वर्तमान तपाईको हातमा हुन्छ। 🙂

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...