अस्ट्रेलिया जान पाए, सब ठिक हुन्छ। उता ड्रग्स पाउँदिन।


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

मैले सोधे, “तपाईलाई पनि लागु औषध सेवनबाट छुटकारा चाहिएको रैछ, तर बुझ्छु कि गाह्रो छ। तपाईले आगामी वर्षहरुमा के विकल्प देख्नु भएको छ?”

उ, एक २२ वर्षीय युवा: “छोड्नु मलाई पनि छ, तर सक्दिन। अब कसरी फसे भनेर त तपाईलाई पुरै कथा सुनाई हाले नि।”

म: हुन्छ, उसो भए अब समस्यामा नजाउँ। केहि छिन समाधानमा मात्र कुरा गरौँ न।

उ: म एउटा मात्र विकल्प देख्छु। मलाई अस्ट्रेलिया जानु मन छ। मेरो आमाले मलाई विश्वास गरी पैसा खर्च गरे, म अस्ट्रेलिया जान्थिए। सबै ठिक हुन्थियो।

म: अस्ट्रेलिया गएर तिम्रो स्वास्थ्यमा सुधार, ड्रग्स लिने बानी हट्ने कसरी? मैले बुझिन।

उ: अस्ट्रेलियामा मैले सेवन गर्ने पदार्थहरु पाईदैन। अनि, मेरो यो बानी सजिलै छुट्छ।

(म, एकछिन अचम्म परे। आज उसको अरु विषय कोटाउनु हुन्न, यहि विषयमा केन्द्रित हुन्छु जस्तो लाग्यो।)

मनो-परमर्शीले गर्ने खासै केहि होइन। आफु भित्रको समाधान र व्यक्तित्व पहिचानलाई अघि ल्याउने मात्र हो। सबै उत्तर र समाधान आफु भित्रै हुन्छ। तर, आम नेपाली युवाको समाधान यस्तो छ। नेपाल अरु ठाँउ भन्दा यसरी भिन्न छ.………

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111