परीक्षा देखी डर लाग्छ? यी ५ रोचक प्रयोग गरी हेरौं।


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

कतिपय विद्यार्थीलाई परिक्षा आयो भने पछि डर लाग्छ रे। राती नसुती पढ्ने, पुर्ने खाना खान पनि नसक्ने, केबल पढि रहने बानी हुन्छ। कसरी विद्यार्थीको मनमा यस्तो डर बस्यो होला? डरको कारणमा अहिले नजाउँ, बरु डर नलाग्दाको समय यी रमाइलो मनो-वैज्ञानिक तथ्यको प्रयोग गरी हेरौं।

१) परिक्षामा निलो कलम/मसी प्रयोग गर्दा प्रशिक्षकलाई बढि सकारात्मक प्रभाव पर्छ। जति निलो रंग देख्यो, त्यति नै उत्तरको सरलता र सहजता प्रशिक्षकले बुझछन।
अनि, शिक्षकले भने रातो कलम प्रयोग गरी गल्ती औल्याउँदा, त्यो गलती फेरी फेरी पनि नदोहोरीने सम्भावना बढ्दै जान्छ।

२) परिक्षाको तयारी गर्दा संगीत सुन्ने बानी राम्रो हो (बिना शब्दको संगीत), यसले मन यस्तो एकाग्रह बनाउँछ कि आफैलाई आश्चर्य लाग्छ। आफ्नु उदेश्य पुरा नभएसम्म उठ्न, खान, अरुको कुरा सुन्न तिर मन जादै जादैन। घण्टौ कम्प्युटरमा काम गर्ने व्यक्तीले यस्तो संगीत धेरै मन पराउँछन्। व्यक्तिगत रुपमा म पनि आफ्नो एकाग्रताको सय यस्ता संगीत ध्वनीलाई नै दिन्छु। एउटा अपेक्षा छ, परिक्षा कोठामा पनि यस्तै ध्वनी बजाई दिए हुन्थियो।

३) उत्तर पुस्तिकामा दुबै दाहिने र देब्रे पट्टि १ ईन्च छोड्ने बानी धेरै हुन्छ। त्यो मनो-वैज्ञानिक दृष्टीले राम्रो होइन। बरु दायाँ तर्फ़ मात्र १.५ ईन्च छोड्दा हुन्छ। शिक्षक पनि मानिस जाती हुन्। मानिसको दायाँ तर्फ़को दिमागले चित्र राम्रो बुझ्छ, शब्द खासै बुझ्न सक्दैन। शब्दहरु बायाँ तर्फ़ लेख्ने हो। यो तरिका बिज्ञापन कर्मीहरुले निकै राम्रो ढंगको प्रयोग गर्दै आएका छन्। पत्रिकामा विज्ञापनहरु याद गर्नुस त।

४) उत्तरमा को मूल भाव, तथ्यहरुलाई विशेष रेखा दिएर छुट्याउनु, राम्रो प्रभाव पर्छ। प्रस्नमा जुन शब्दहरु प्रयोग भएका छन्, उत्तरमा पनि त्यहि शब्द धेरै दोहोर्याउनु। उत्तर आफै प्रस्न केन्द्रित बन्दै जान्छ।

५) परिक्षाको ठिक अघि अरु साथीहरुको सल्लाह, पढ्दा अनुभव सुन्ने बानी राम्रो होइन। यसले आफ्नो आत्म-विश्वास घटाउने बाहेक अरु केहि गर्दैन। त्यसमाथि हाम्रो त नेपाली समाज, अरुको खुट्टा तान्ने र अर्काको पट्टीको संसार हराभरा देख्ने प्रविधि र संस्कार बाकेकाहरुबाट परिक्षाको ठिक अघि टाढै बस्दा राम्रो। आफूमै केन्द्रित रहौं, पाठको विषयवस्तु बुझ्नलाई मात्र असल साथीहरुलाई सम्पर्क गर्दा हुन्छ।

थप,
नेपाली शिक्षा परिवेशमा मलाई चित्त नबुझेको कुरा। कतिपय शिक्षक आफु स्वयम् राम्रो विद्यार्थी रहेका हुन्छन। २५-२६ को उमेरसम्ममा निरन्तर पढेर मास्टर पुरा गर्छन, २७-२८ वर्षको उमेरमा अध्यापक बन्छन। शिक्षा क्षेत्र बाहिर काम गरेको खासै अनुभवनै हुदैन। अनि शिक्षा प्रति जति नै ईमान्दार भए पनि व्यवारिक सीप भने केहि हुन्न। २१औ सताव्दीमा कामको वातावरण देखेकै छैनन्। आफ्नु जीवनको सबैभन्दा ठुलो चुनौती परिक्षा देखे पछि, विद्यार्थीलाई त्यहि सिकाउनु स्वाभाविक हो।

यदि अध्यापक बन्ने मापदण्डमा कम्तीमा १० वर्ष व्यावारीक क्षेत्रमा काम गरेकाले मात्र विश्वविद्यालयको अध्यापक बनाउने हो भने, शिक्षा क्षेत्रमा सुधार होला। नेपालमा पनि अध्यापक एक अनुभवी र सम्माननीय पेशा बन्न सक्ला।

मलाई केहि सिमित त्यस्ता अध्यापकले पढाउनु भएको छ, र म तिनीहरुको सम्मान गर्छु। तिनीहरुको व्यवहार बाटै सिकेको हो, उनीहरुले परिक्षालाई त्यस्तो ठुलो बाघ बनाउदैनन, परिक्षा दैनिकीमा गर्ने एक प्रक्रिया हो, जुन पुरा गर्नु पर्छ, तर त्यसको महत्व सिमित छ।

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...