सामाजिक रूपान्तरणमा युवा – दधिराम खतिवडा


दधिराम खतिवडा

दधिराम खतिवडा

स्नातकोत्तर तह अध्यनरत, रत्नराज्यलक्ष्मी क्याम्पस

सामान्यतया युवा भन्नाले सशक्त जोस र जाँगरले भरिपुर्ण १६ देखि ४० वर्ष सम्मका उमेर समूहलाइ जनाउछ । बिभिन्न राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवावर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवम् उच्च आत्मविश्वासका कारण यो वर्गलाई राष्ट्रनिर्माण र सामाजिक रूपान्तरणको प्रमुख स्रोतका रूपमा मानिएको छ । बिभिन्न राष्ट्रहरूमा फरक फरक उमेर समूहलाइ युवा मानेका छन । नेपालमा चाहिँ राष्टिय युवा नीति २०७२ अनुसार १६ देखि ४० वर्ष उमेरलाइ युवा भनि परिभाषित गरेको छ ।

नेपालको कुल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेको छ । शिक्षित, सीपयुक्त, अनुशासित र उद्यमशील युवाशक्ति विकास गरी यो जनसाङ्ख्यिक प्रवृत्तिलाई पुँजीकृत गर्दै राष्ट्र निर्माणमा लगाउन सकिएमा युवाहरूले देशको सामाजिक एवम् आर्थिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछन् । यसलाई मध्यनजर गरी राष्ट्रिय युवा नीति, २०७२, युवा दुरदृष्टी २०२५, १० वर्षिय रणनितिक योजना, एवम् राष्ट्रिय युवा परिषद् समेत गठन गरिएको छ । राष्ट्रिय युवा नीति, २०७२ को प्रभावकारी कार्यान्वयन गर्दै युवाशक्तिले विकासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभवहरूबाट सिकेका पाठहरूलाई मनन गर्दै उनीहरूलाई देशको सामाजिक आर्थिक रूपान्तरण र शसक्तिकरणमा मूलप्रवाहीकरण गर्नुपर्ने भएको छ । माओत्सेतुङले भनेका छन “भविष्य तिम्रो पनि छ र हाम्रो पनि छ, तर अन्तिम भविष्य युवाको छ ।” त्यसैले युवावर्ग राष्ट्रका महान सम्पति हुन ।

स्वस्थ तथा अनुशासित नागरिक र समाजको सृजना गर्न युवाशक्ति प्रमुख आधारको रूपमा लिइन्छ । राष्ट्रको प्रतिष्ठा वृद्धि गर्ने र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच शान्ति र एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन युवाको योगदान महत्वपूर्ण रहेको हुन्छ । नेपालको युवा वर्गलाई विश्वव्यापी मूल्य मान्यता र मापदण्डअनुसार साङ्गठनिक ढाँचामा समयसापेक्ष सुधार गर्ने तथा सरकारी, गैरसरकारी एवम् निजी क्षेत्रबीच समन्वय, सहकार्य एवम् साझेदारीको वातावरण सिर्जना गरी युवाहरूकोको विकास र विस्तार गर्दै यसलाई समाज, राष्ट्र र समग्र जगतको अभिन्न अङ्ग बनाउने प्रयास गरिएता पनि जुन पुर्ण छैन । युवाको माध्यमबाट समाजमा मानसिक, बौद्धिक, र नैतिकवान् मानव संशाधनको विकास गरी अनुशासित, मर्यादित र शान्तिपूर्ण समाज निर्माण गर्दै युवाहलाई रोजगारमूलक कृषि, पर्टन, औधोगिक  उत्पादन व्यवसायमा समेत स्थापित गर्न स्थानीय तहदेखि नै बिशेष कार्यक्रम सञ्चालन गरी ‘युवा राष्ट्रको पहरेदार’ भन्ने अभियानलाई साकार पार्न युवासंग सम्बन्धित पूर्वाधार निर्माण, आवश्यक प्रशिक्षण, शसक्तिकरण  र प्रोत्साहनका कार्यक्रमहरू क्रिर्यान्वयन गर्न आवश्यक छ ।

विगतका केही तथ्यांक बिष्लेषण गर्दा युवा मार्फत वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले राष्टिय अर्थतन्त्रमा उल्लेख्य योगदान छ । सरकार र राष्ट्रिय राजनीतिमा स्थापित पार्टीहरुले एकातिर स्वदेशमै युवा लक्षित रचनात्मक कार्यक्रमहरू घोषणा गर्ने अनि नयाँ देशहरूसंग शिक्षा र रोजगारका नाममा “अरबमा खरब कमाउने” सपना देखाउने, श्रम सम्झौता गरी युवा माझ लोकप्रिय बन्दै राहदानी बिभिन्न देशका राजदुताबासमा बुझाउन लगाउने, देश/सत्ता अदक्ष उमेर काटिसकेका बयोबृद्हरूले चलाउने यो कदापी स्वीकार्य छैन । उत्साहपुर्ण ढङ्गले कार्य सम्पादन गर्न सक्ने सक्षम/दक्ष युवाहरूलाई स्वदेशमै उत्पादोन्मुलक आर्थिक क्षेत्रमा व्यवस्थापन गर्ने कि नगर्ने ॽ बिभिन्न सामाजिक तथा राजनीतिक परिवर्तन चाहे २००७ को क्रान्ति, पन्चायती व्यवस्था बिरूद्दको लडाँइ, २०४६ को एतिहासिक आन्दोलन, १० वर्षे महान जनयुद्दमा किन नहोस, २०६२/६३ को जनआन्दोलन सबैमा अग्र स्थानमा होमिएर सामाजिक आर्थिक रूपान्तरणमा केन्द्रिय भूमिका निर्बाह गर्ने शक्ति युवा हो इतिहास ताजै छ । त्यसैगरी अहिले पनि शैक्षिक क्षेत्रमा, बैङक बित्तिय सेवामा, सामाजिक तथा राजनीतिक तहमा, राष्ट्रिय अन्तराष्ट्रिय शान्ति सुरक्षाका क्षेत्रमा, सूचना, विज्ञान प्रबिधि, विकास निर्माण, स्वास्थ्य, खेलकुद, पर्यटन, आरोहण लगायतका बिधामा युवाहरूको सक्रिय योगदान रहेको छ । केहि औँलामा गन्न सकिने नेपाली युवाहरू चर्चित छन् । निर्णायक तहमा अवसर प्रदान गर्ने हो भने द्रत परिवर्तनको हतियार भनेको युवा शक्ति नै हो ।

युवा सम्बन्धमा आज केही अन्तराष्ट्रिय परिबेशलाइ हेरौ । ३२ बर्षे युवा किम जोङले उत्तर कोरियाको सानो आँखिझ्यालबाट संसार चिहाएर विश्व हल्लाउदै छन्, ३९ वर्षिय ईमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति भएर औघोगिक क्रान्ति गरि देशलाई अझ माथि उकास्न लागिपरेका छन्, भोलोडायमर ग्रोएजमेन ३३ बर्षको उमेरमा युक्रेनलाई बिकाशको मार्गतर्फ गति दिइएका छन्, जुरी रेक्टस् ३८ बर्षमा होउची मिलिटेन्सका राजनैतिक हिरो र बिख्यात बने, एमिल दिमित्रिभ ३८ बर्षमै म्यासेडोनाका प्रधानमन्त्री बनेर देशमा हजारौं रोजगारीका अवसरहरु सृजना गरे र गरिब जनताहरुलाई सामान्तबादको घेराबाट बाहिर निकाले, सेवास्टिन क्रुज ३१ बर्षका छन् तथापी उनी अष्ट्रिया जस्तो बिकासमा पछाडि रहेको मुलुकका प्रधानमंत्री बनेर उक्त देशलाई अशिक्षा, भोकमरी र सामाजिक बिभेदको अँध्यारोबाट बाहिर निकाले, शेख़ तमिमले ३६ बर्षको उमेरमा कतारलाई युरोपियन देशहरुको हाराहारीमा पुर्याएर बिश्वलाई नै अचम्मित पारे । उनीहरुमा नत जेल बसेको अनुभब छ, नत राजनीतिको लामो बुझाई/अनुभव नै छ । उनीहरूमा छ ख़ाली देशलाई कसरी समृद्द बनाउन सकिन्छ भन्ने तीब्र चाहना र निश्वार्थ नेतृत्वको भावना ।

उल्लेखित बिषयवस्तुको तात्पर्य के हो भने खाली अवसर/पद प्राप्तिका निम्ति कुर्सिमै मर्न खोज्ने अग्रजजनको एकाधिकारवाद र नेतृत्व युवापुस्तामा हस्तान्तरण नचाहानुले अपेक्षित लाभ मुलुकले पाएको छैन । पुरानो पुस्ताको प्रेरणाका साथ नयाँ पुस्तालाइ सकेसम्म समावेशीकरणका आधारमा अगाडी आउनु पर्छ, समाज र देशको लागि नेतृत्वदायी भुमिका खेल्नुपर्छ, समाजप्रति इमानदार गतिशील र शाहसीक तवरले आर्थिक र सामाजिक रुपान्तरणको लागि बलियो खम्बा बनुन भन्ने मानसिकता पुरानो पुस्तामा पलाउनु जरुरी छ ।
युवा सहभागिताबिना राष्ट्रको बिकास असम्भव छ । युवाहरु श्रम, सीप र बिबेकलाइ सहि रूपले परिचालन गर्ने हो भने अर्थतन्त्र र दीगो बिकासलाई संस्थागत गर्न त्यति जटिल छैन ।
वर्तमान संघियता अर्थात बिकेन्द्रीकृत शासन प्रणालीमा अभ्यासरत, स्थानीय तहमा भौतिक पूर्वाधार तथा दक्ष जनशक्तिको अभाव कायमै छ । राज्यको समानुपातिक, समाबेशिताले निम्त्याएको अपादर्शीताले, निर्वाचित जनप्रतिनिधिहरू आफ्ना हक अधिकार सुनिश्चितताका लागि पहल गर्ने, योजना निर्माण र क्रिर्यान्वयन गर्न सक्नु टाढाको कुरा राम्ररी परिचय दिन सम्म सक्दैनन तिनले सार्वजानिक सेवा कसरी प्रभाबकारी प्रदान गर्छन ॽ जससंग आधारभुत ज्ञान छैन । क्षमतावान युवाहरू खाँडी, अमेरिका युरोप पलायनले स्थानीय तहले यो समस्या भोग्नुपरको छ । त्यसकारण स्थानीय निकायमा युवा नेतृत्वलाई सल्लाहकारका रूपमा बलियो उपस्थिति बनाउनु पर्ने तत्कालको आवश्यकता छ ।

अन्यमा, बिकास मुल प्रबाहिकरणको मेरुदण्ड युवा भएकाले सामाजिक सहभागिता, नेतृत्व सशक्तीकरण अनिवार्य तत्व हुन । युवाहरूका हक अधिकार सुनिश्चित गर्ने अनुरूप सरकारले युवा दुरदृष्टी २०२५, १० वर्षिय रणनितिक योजना, राष्टिय युवा नीति २०७२ जारी गरेको छ । उक्त नीति, योजना प्रभाबकारीतका साथ क्रिर्यान्वयनको तहमा पुगे युवा पुस्ताको पुर्जागरण हुने छ । विगतमा युवाका आवज सडकमा सिमित बने, आन्दोलन र ढुङगामुडामा सिमित बने । अब नेतृत्वमा समाबेश हुनुपर्छ । पछिल्लो परिप्रेक्षमा युवाहरूको राजनीतिप्रति चासो घटेको, नाक खुम्च्याउने प्रचलन बढेको छ । कसैको ठेकेदारीको भरमा मुलुक चल्ने, आर्थिक संम्बृद्दी हुने होइन । सभ्य सामाजिक राजनीतिक रूपान्तरण लागि युवा आफैँ जागरूकताका साथ नेतृत्व तहलाइ घचघच्याउने, सल्लाह दिने, स्वयम क्रियाशील हुनु सान्दर्भिक हुन्छ ।

दधिराम खतिवडा, चिसङखुगढी गाउपालिका, वडा नं ०७, ओखलढुङगा
विद्यार्थी, स्नातकोत्तर तह अध्यनरत, रत्नराज्यलक्ष्मी क्याम्पस
अनुसन्धनात्मक कार्य/लेखनमा बिशेष रूचि

दधिराम खतिवडा

दधिराम खतिवडा रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत हुनुहुन्छ। स्थाई घर ओखलढुङगा जिल्लाको चिसङखुगढी गाउपालिका रहेका खतिवडा अनुसन्धनात्मक कार्य/लेखनमा बिशेष रूचि राख्नुहुन्छ।

 

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

 

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111