मनो-परामर्शमा पहिलो लेख: मनो-जीवन सुरु गरौं


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

हामी सबैको मनो-जीवन हुन्छ। आज भोलीका नयाँ पुस्तामा मनोविज्ञान विषयमा रुचि र आकर्षण बढ्दै गईरहेको छ। यसै सन्दर्भमा यो मनो-यात्रा सुरु गर्ने मेरो पहिलो लेख।

मनोविज्ञान/ मनो परामर्शको क्षेत्रको सबै भन्दा रमाइलो पक्ष आफ्नो जीवन ठिक तरिकाले व्यवस्थापन गर्न सकिन्छ। आफु भित्रको कामी कमजोरी बुझेर त्यसको व्यवस्थापन गर्ने, आफूमा रहेको शक्तिलाई बढाउदै जाने। त्यस्तै गरी, अरुको जीवन यात्रालाई पनि रहज बनाउने काम मनो-परामर्शदाताहरुले गर्ने हो।

आज पहिलो दिन, एउटा सरल अभियासबाट सुरु गरौँ। हाम्रो आत्म-विश्वास बढाउन सास-प्रसासको ठुलो भूमिका हुदो रहेछ। हाम्रो शरीरको हाउभाउ (body language)ले हाम्रो मस्तिष्कमा असर पर्छ। र, त्यसले हाम्रो व्यवहारमा।

आफ्नो सास-प्रसासको शैली मिलाए, आत्म-विश्वास पनि बढ्छ। सास गहिरो फेर्नु पर्छ। अब लामो-गहिरो सास भनेको के त?
सास छिटो छिटो छातीसम्म पुग्ने गरी फेर्ने होइन। सास पेटमा पुग्ने गरी फेर्ने। सास फेर्दा हावाले पेट फुल्नु पर्छ।
पर्छ भन्ने त थाहा छ, प्रयास गर्छु दुई-चार दिन फेरी सक्दिन भन्ने समस्या धेरैलाई हुन्छ। त्यसको लागी एक समाधान छ।

“प्रयास गरी गरी लामो सास फेर्नु पर्दैन। तपाई मात्र हरेक दिन एकान्तमा आफ्नो लागी ५ मिनेट छुट्याउनु। अनि आफ्नो सासमा ध्यान दिनुस। सास जस्तो पनि हुन सक्छ (लामो, छोटो, सकसमय, सास फेर्दा खोकि लाग्छ, कसैलाई हासो लाग्ला) जस्तो भए पनि फरक पर्दैन। अरु जे-जस्तो भए पनि आफ्नो सासलाई आफ़्नुले हेर्ने, अनुभूति गर्ने, आकर्षणको केन्द्र सास हुनु पर्छ। पाँच मिनेट गर्न पनि गाह्रो हुन्छ। एक मिनेट पनि नसकिएला, फरक पर्दैन।

आफ्नो सासमा ध्यान दिन सुरु गरेको दुई-चार दिन मै तपाईले अनुभव गर्नु हुन्छ कि, तपाईको सास त लामो-लामो, पेटसम्म पुग्ने आफै हुन थालेछ। अनि यो अभियासलाई सधैँ ५ मिनेट छुट्याउन, तपाईको रुचि, एउटा नयाँ रहर बन्न थाल्छ।”

कहिले-कहि हाम्रो विचार, भावना, सामाजिक पृष्टभुमी शरीरको हाउभाउ (body language) मा परिवर्तन ल्याउला त कहिले शरीरको हाउभाउले अनेक विचार, भाव जन्माउलान। फरक पर्दैन। कारण जे भए ओअनि समाधान दुबैलाई काम लाग्छ।

केहि महिना अघिसम्म पनि म अरु साथिहरुसँग आफ्नो तुलना गर्थे। “तिमि जस्तै प्राकृतिक आत्म-विश्वास मसँग पनि भएको भए त” म के-के पो गर्थे होला भन थिए। अहिले, म आफुमा दिन प्रति दिन परिवर्तन अनुभुती गर्छु।

आशा गर्दछु, सधैव आफुमा सकारात्मक परिवर्तन ल्याउदै जान सकूँ र अरुको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने भूमिका निर्वाह गर्न सकूँ। यहि नै एक कुशल मनो-परामर्शदाताको कर्तव्य हो।

(मैले यो अभियास टेड टक्स TEDxBrixton-The surprising secret to speaking with confidence बाट प्ररित भई आफ़्नुमा आप्नाउन थालेको हो। )

बिबिता कोइराला बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै छिन्। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले  हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

 

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...