काेरियाबाट रेमिट्यान्समा उच्च वृद्धि, राजस्व छलेर देश विकास असम्भव


कृष्ण शर्मा

कृष्ण शर्मा

काेरिया डेस्क प्रमुख, नयाँदैनिकी डटकम

नेपालमा वेरोजगारीका कारण युवाहरू आज विश्वका मुलुकहरूमा बेचिन बाध्य छन् ।युवालाई विगतका सरकारहरूले न त अहिलेकाे सरकारले चासोको रूपमा लिएकाे देखिन्छ ।लिएकाे छ त केबल गाउँपालिका देखी महानगर अनी मन्त्रीहरूकाे पदकाे तलबकाे सेवा सुबिधामा।

मन्त्रि लाल बाबु पण्डितले पुन: भन्दैछन् अमेरिकामा रहेका नेपालीहरूलाई नेपाल अाउन निषेध भनेर। के देशले अमेरिकामा मात्रै भएका युवालाई भएपनी अध्ययन अनुसन्धान लगाएत राेजगारीकाे वातावरण नेपालमा तयार गरिदिन सक्छ? कि के छ त्याे याेजना?

अाज लाखाै युवा घर परिवार छाेडेर विदेश जान बाध्य छन्। खरबौं रेमिटान्सको आयाततर्फ अपेक्षा गरीरहेको नेपाल सरकार दक्षिण काेरियाबाट ३/४ महिना अघिसम्म भएकाे कराेडाैको बढ्दाे हुण्डी काराेबार तह लाउन समेत लाचार बनेकाे थियाे ।अहिले पनी भित्र भित्रै हुण्डी काराेबार चलिरहेकाे काेरियामा रहेका नेपालीहरू बताउँछन्। हुण्डी काराेबार भएपनी दक्षिण काेरियाबाट मात्रै कराैडाै रूपैया अहिले रेमिटान्सबाट नेपाल भित्रीन्छ।

रेमिट्यान्सले देशकाे विकास सँगै देश बनिसकेको हुन्थ्यो ।काेरिया रेमिटान्सबाटै अाज विश्वकाे धनि मुलुककाे सुचिमा पुगेकाे छ। तर रेमिटान्स र नेपालीहरूले कमाएकाे पैसामा लगानीकाे लागी नेपाल सरकार किन माैन बनेकाे छ? अाज फेरी नेपालीहरूका कयाै सिपहरू फेरी पलायन हुँदै छन्।

अहिले काेरियामा धमाधम रेमिटान्स कम्पनीहरू खाेलिएका छन्।नेपालीहरूले अाफुले कमाएकाे पैसा सुरक्षित तरिकाले नेपाल पठाउन पाएका छन्। अहिले हिमालयन बैककाे qs हिमाल रेमिट, gme रेमिट, हानपास रेमिट र rupisent रेमिटकाे काराेबार बढ्दाे छ। रकम सस्ताे र छिटाे छरिताे भएकाले पनी पछिल्लो समय काेरियाबाट रेमिटान्समा उच्च वृद्धि भइरहेकाे छ। वैधानिक रुपमा पैसा पठाउनका लागि पछिल्लो समय काेरियामा रेमिटहरुले नेपालीहरुलाई प्रोत्साहित गरिरहेका छन्। रेमिटहरूले ग्राहकहरुलाई आकर्षण गर्ने योजनाहरू समेत ल्याईरहेको बताएका छन्।

समृद्ध नेपालकाे सपना देखेर भाषण ठाटेर देश बन्दैन। के सधैं विदेशकाे रेमिटान्सकाे भर परेर अनि भारत र चिनकाे गास बास कपाससँगै नेपालीहरूकाे टाउकाेमा राजस्वको भार थपेर देशकाे विकास असम्भव छ?

 

कृष्ण शर्मा

लेखक कृष्ण शर्मा अनलाईन पत्रिका नयाँदैनिकी डटकमका काेरिया डेस्क प्रमुख हुन्।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...