जीवन सहज छ, जीवन-शैली मिलाए पुग्छ


बिबिता कोइराला

बिबिता कोइराला

मनो-परामर्श विषयमा स्नातकोतर विद्यार्थी

यी दुई तालिका बीच के फरक छ? अर्थ उस्तै लाग्छ।

बेठिक तरिका (✓) ठिक तरिका (✗)
म बिरामी छु

I am feeling Sick.

मलाई सन्चो छैन

I am unwell.

तिमि धेरै झूट नबोल तिमि सत्य नलुकाउँ
कस्तो अल्छी कस्तो जागँर नभएको
म कमजोर छु म बलियो बन्नुछ
आज मेरो दिन खत्तम रहयो आज मेरो दिन त्यस्तो राम्रो रहेन

 

दुई हप्ता अघि हामीले अल्प-चेतनशील मनबारे पढेका थियौं। अल्प-चेतन मन (sub-consious mind) को उचित प्रयोगले सफलता प्राप्त हुन्छ पढेका थियौं।

अल्प-चेतना (Sub-conscious): अल्प-चेतनशील मन “खुशी/आनन्द”को औचित्य तर्फ़ मानवलाई लैजान्छI यसमा हाम्रो बानी, व्यवहार, समरण शक्ति, शारीरिक हाउभाउ, श्रीजनशीलता, कल्पना शक्ति पर्छ। अल्प-चेतनशील मन र यसको प्रयोग केहि हदसम्म हाम्रो बसमा हुन्छ, केहि हदसम्म हुदैन। हामीलाई यो अल्प-चेतनशील सुन्दा दो-धारे लाग्ला यसको शक्ति, प्रभाव हाम्रो निकै ठुलो र गहिरो हुन्छ।

हाम्रो अल्प-चेतन मनले “सहि गलत छुट्याउँन सक्दैन”। अल्प-चेतन मनले हामीले बोल्ने, सोच्ने, महसुस गर्ने “नाम, क्रिया, विशेषण” जस्तो छ, त्यहि अनुरुप हाम्रो व्यक्तित्व बिकास गर्दै जान्छ। त्यसैले, संस्कार राम्रो भए, सबै मानिस राम्रो हुन्छन।

अब यस तथ्यको प्रयोग आज सिक्छौं। जे-जस्तो विचार, भाव, कृया हामी बारम्बार दोहोराउछौं। त्यस्तै हाम्रो शरीर, मन, व्यक्तित्व, आचरण बन्दै जान्छ। माथिको मलाई सन्चो छैन वाक्य बोल्दा, अल्पचेतन मनले “सन्चो” शब्द मात्र बुझ्छ। यसले हाम्रो शरीरलाई असर गर्ने हो। त्यसैले, हामीले बोली र बिचारमा सानो सुधार गर्न सके, सकारात्मक प्रभाव ठुलो पर्न जान्छ।

अब माथि दिएका पाँचै वटा वाक्यमा अर्थ केहि समय लिएर अहिले मनन् गर्नुस्। जीवन सहज छ, जीवन-शैली मिलाए पुग्छ। चाहना हुनु पर्छ, सबै चाहनाको गन्तव्य सम्भव छ।

अल्प-चेतन मन आफ्नो हातमा रहेर जीवन शैली सुधार्दै जाँदा, थप एउटा रमाइलो प्रयोग पनि गर्न सक्नु हुन्छ:-

१) आफुले पानी खाने गिलास, बोटलमा “म लगनशील छु, म निष्ठावान छु, म सुन्दर छु”, इत्यादी लेख्नु होस्। सधैँ त्यो हेर्दै पनि पिउँदा तपाई-हामीमा त्यो गुण बिकास गर्ने समता बिकास हुदै जान्छ।

अन्त्यमा, मेरो एक व्यक्तिगत विचार। यदि यस्ता प्रयोग हामीले आफ्नो जीवनशैलीमा मात्र नभएर, सामाजिक कार्य गर्दा, व्यापार-व्यवसाय गर्दा, राजनीतिमा, शिक्षा, स्वास्थ्य जस्ता विविध क्षेत्रमा पनि उतिकै उपयोगी छन्। जुन दिन यो चेतना सबै नेपाली शिक्षित वर्गले बुझ्नेछन, मनो-विज्ञानले नेपालमा आफ्नो विशेष स्थान बनाउनेछ।

 

बिबिता कोइराला

बिबिता कोइराला, मनो-परामर्श विषयमा स्नातकोतर गर्दै हुनुहुन्छ। उहाँ उद्यमशीलता, कला-साहित्य र व्यवस्थापनको क्षेत्रमा पनि सक्रिय र विशेष रुचि राख्नुहुन्छ। उहाँले हरेक हप्ता मनोविज्ञान र मनोजीवन बारे आफ्नु लेख, नयाँ प्रहरमा योगदान गर्नुहुन्छ। मनोविज्ञानको दैनिक जीवनमा र जीवन व्यवस्थापनमा ठुलो भूमिका हुन्छ र यसले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउन सकिन्छ भन्ने उहाँको विश्वास छ।

नयाँ प्रहरको बिचार खण्डको लागि तपाइँ पनि आफ्नो लेख पठाउन सक्नुहुन्छ। हामीलाई लेख पठाउन निक्कै सहज छ:
इमेलबाट: [email protected]
वेब फारम:  nayaprahar.com/submit-news-article

Loading...