बलात्कारको विरुद्ध काठमाडौँमा भयो र्याली, रन्जु दर्शना बनिन् सहभागी (फोटो फिचर)


दिनहुँ जसो भइरहेका बलात्कारका घटनाका कारण आक्रोशित बनेका काठमाडौँबासीहरुले चैत्र १० गते, शनिबार बलात्कार बिरुद्ध र्याली सम्पन्न गरेका छन्।

युवाहरू तथा सर्वसाधारण माझ जनचेतना जगाउने उद्देश्यले गरिएको र्यालीमा विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य तथा युवा नेत्री रन्जु दर्शना, संयोजक रबिन्द्र मिश्र, अभिनेत्री रिचा शर्मा, लगायत १००० जना भन्दा बढी युवाहरू सहभागी थिए।

र्यालीमा ‘बलात्कार कहिले सम्म? हामी चुप जहिले सम्म!’, ‘कडा कानुन चाहियो, अनि सरकार सहि हो!’, ‘बन्द गर बलात्कार, मानव हो कि दानव हो?’, ‘उठ जनता अत्ति भो, चुप बस्दा क्षति भो’, लगायत नाराहरु लगाइएका थिए।

र्यालीका केही फोटोहरू:

Loading...