विवेकशील साझाको भारतका सद्भाव समुहहरुले नयाँ वर्षको शुभकामना कार्यक्रम गर्ने


विवेकशील साझा पार्टीको इण्डियामा रहेका सद्भाव समूहहरुले नयाँ वर्ष २०७५को शुभकामना आदान प्रदान कार्यक्रमहरु विभिन्न सहरहरुमा गर्ने भएका छन्।

१५ अप्रिलमा चण्डीगढ इकाइमा कार्यक्रम गरि सुरु गरिएको यस सिलसिलामा अप्रिल २२मा नयाँ दिल्ली, लुधीयाना, बैंगलुरु तथा मुम्बई र मे ६ मा चेन्नई तथा पुणेमा कार्यक्रमहरू हुने सद्भाव समूह भारतका राज क्षेत्रीले जनाएका छन्।

भारतमा बसोबास गर्दै आएका विवेकशील नेपाली मनहरुलाई जोड्दै लाने उद्देश्यका अनुसार नयाँ वर्षको कार्यक्रम गर्न लागेको कुरा उनले आफ्नो प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन्।

 

Loading...