विवेकशील साझा सद्भाव समूह दिल्लीमा ढाट र लक्ष्मीनगरमा गौतमको नेतृत्व चयन


गत बैशाख ९ गते भारतको नयाँ दिल्लीमा भएको विवेकशील साझा सद्भाव समूहको बैठकले लक्ष्मीनगर तथा समग्र दिल्लीको लागि आफ्नो नेतृत्व सर्वसम्मतले चयन गरेको छ।

पार्टीको भारत प्रतिनिधी राज क्षेत्रीबाट जारी प्रेस विज्ञप्तीको अनुसार उक्त बैठकले अस्मिन गौतमको अध्यक्षतामा लक्ष्मीनगर इकाइको गठन गरेको छ। उक्त इकाइ कार्यसमितिमा दिपक धामी उपाध्यक्ष, अनुस कंडेल सचिब र राम सिंह ढाट कोषाध्यक्ष रहेका छन्।

यसै गरी उक्त बैठकले कमल बहादुर ढाटको अध्यक्षतामा समग्र दिल्लीको नेतृत्वको नेतृत्व छानेको छ। उक्त कार्यसमितिमा प्रेम देवकोटा उपाध्यक्ष, हरिश ढाट सचिब तथा महेश्वर बेलबासे कोषाध्यक्ष रहेका छन्।

बैठकमा भारत प्रतिनिधी राज क्षेत्रीले बिबेकशील साझाको मुल्य मान्यता, इतिहास, र विवेकशील साझा मार्फत भएका उदाहरणीय कामहरुको जानकारी गराउनुका साथै विवेकशील साझाले देखेको सपना समृद्द नेपाल, जिम्मेवार नागरिक, सेवक सरकार, उद्धमशील समाजको बारेमा पनि चर्चा भएको थियो।

Loading...