आज बसेको मन्त्रिपरिषद बैठकले गर्यो यी निर्णयहरू


आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निम्न निर्णयहरु गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन्:

  • आगामी बैशाख २३ गते संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने
  • भारत सरकारको सहयोगमा वीरगंजमा निर्माण भई सरकारलाई हस्तान्तरण गरिएको एकीकृत भन्सार जाँच चौकीको क्षेत्र निर्धाणसम्बन्धि सूचना राजपत्रमा प्रकाशित गर्ने
  • आन्तरिक शान्ति तथा सुब्यवस्थासम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिने
  • वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त रहेको सदस्य पदमा सहन्यायाधिवक्ता रमादेवी पराजुलीलाई नियुक्त गर्ने

Loading...