फौजदारी अभियोग लागेका सांसदको निलम्बन हटाउनु पर्ने राधेश्याम अधिकारीको भनाई


नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले फौजदारी अभियोग लागेका सांसदको निलम्बन गर्ने व्यवस्था राष्ट्रीयसभा नियमावलीमा राख्न नहुने धारणा राखेका छन्। सांसद अधिकारी राष्ट्रीयसभा नियमावली मस्यौदा समितिमा रहेका छन्।

अधिकारीका अनुसार अन्य कानुन आकर्षित हुने अवस्थामा निलम्बन आवश्यक छैन।

उता प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले भने निलम्बनको प्रस्ताव राख्नुपर्ने बताएका छन्। उनका अनुसार भ्रष्टाचारबाहेक हत्या, बलात्कार र अपहरणजस्ता फौजदारी कसुरबारे ऐनमा स्पष्ट निलम्बनको व्यवस्था नरहेकाले नियमावलीमा निलम्बनको प्रस्ताव राख्नु आवश्यक छ।

यसका साथै राजपा सांसद लक्ष्मणलाल कर्णले पनि फौजदारी कसुर लागेका सांसदलाई निलम्बन गर्नु नहुने धारणा राखेका छन्। राजपाले पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशम चौधरीलाई मध्यनजर राखेर निलम्बनको व्यवस्था हटाउन लबिङ गरेको हो।

आफुलाई कानुन भन्दा माथी राख्ने सोच सांसदहरूमा नै अधिक हुन थालेपछी देशमा कानुनी शासन कायम गर्न कत्तिको सहज होला, यो प्रश्न अहिले आम नागरिकमा उठ्न थालेको छ।

( सेतोपाटीमा प्रकाशित समाचारको सहयोगमा)

Loading...