सरकारले लगायो १८ आवश्यक सेवामा हड्ताल गर्न निषेध (राजपत्रको सुचना सहित)


नेपाल सरकारले  राजपत्रमा सूचना  प्रकाशित गरेर १८ ओटा अत्यावश्यक सेवा संबन्धी क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।

बैशाख ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार यो सुचना जारी भएको हो। जारी गरिएको सूचना अनुसार आवश्यक सेवा संचालन ऐन २०१४को दफा ३को उपदफा (१)ले दिएको अधिकारको प्रयोग गर्दै यो निर्णय गरिएको हो।

सुचनामा उल्लेखित सेवाहरु मध्य दोस्रो बुँदामा जल, स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामानको ओसार पसार गर्ने यातायात सेवा रहको छ। यस अनुसार कुनै पनि यात्रुवाहक वा मालबाहक सार्वजनिक सवारी साधनले अब हड्ताल गर्न पाउँदैनन्।

आवश्यक सेवा संचालन ऐन २०१४को दफा ३को उपदफा २ अनुसार यो सुचना जारी भएको मितिले ६ महिना सम्म यो निर्णय लागु हुन्छ।

सूचना जारी गरे पश्चात यी क्षेत्रहरूमा हड्ताल गरेमा उक्त ऐन अनुसार हड्तालमा संलग्न हुनेलाई ६ महिना सम्म कैद सजाय हुन सक्छ। यसका साथै हड्तालमा दुरुत्साहन गर्ने वा आर्थिक सहयोग गर्नेलाई १ वर्ष सम्मको कैदको सजाय हुन सक्छ।

सूचनामा हेर्नुहोस् कुन हुन् ती क्षेत्रहरू:

सरकारले लगायो १८ आवश्यक सेवामा हड्ताल गर्न निषेध (राजपत्रको सुचना सहित)सरकारले लगायो १८ आवश्यक सेवामा हड्ताल गर्न निषेध (राजपत्रको सुचना सहित)

Loading...