भारतको पुणेमा विवेकशील साझाको भेला सम्पन्न, २० सदस्यीय कार्यसमिति गठन


भारतको पुणेमा विवेकशील साझा पार्टीको भेला सम्पन्न भएको छ। उक्त भेलाले रबि चन्द्र बोहराको संयोजकत्व मा २० सदस्यीय कार्यसमितिको पनि गठन गरेको छ।

आपसी परिचय र नया वर्ष 2075 को शुभकामना आदान प्रदान गर्दै सुरू भयको बैठकमा विवेकशील साझा पार्टीको मुल्यमान्यता, इतिहास, र विवेकशील साझा मार्फत भयका उदाहरणीय कामहरुको भारत प्रतिनिधि राज छेत्रीले बताएका छन्। उनका अनुसार पार्टीले राखेको समृद्द नेपाल, जिम्मेवार नागरिक , सेवक सरकार , उद्धमशील समाजको बारेमा पनि चर्चा भएको थियो।

उक्त कार्यक्रममा गठित कार्यसमितिले पुणेमा रहेका विवेकशील मनहरुलाई जोड्न महत्वपुर्ण खेल्ने कुरा भारत संयोजक क्षेत्रीले बताए।

 

Loading...