Categories: राजनीति

एकताको लागि हतारिन्नौं, विचार र नीति मिल्नेसँग मात्रै एकता गर्छौं : नयाँ शक्ती पार्टी

नयाँ शक्ती पार्टी, नेपालले आज प्रेस विज्ञप्ती जारी गर्दै तत्काल एकताको लागि नहतारिने र विचार, लक्ष्य र नीति मिल्नेसँग मात्रै एकता र ध्रुवीकरण गर्ने नीति रहेको जनाएको छ।

पार्टीले स्वाभाविक रुपमा अन्य राजनीतिक दल तथा नेतृत्वहरुसँग छलफल र भेटघाट गरेको छ। तर ती भेटघाट र छलफलको उद्देश्य बृहत्तर राजनीतिक परिदृष्यमा राष्ट्रिय राजनीतिको भावी कार्यदिशालाई निर्धारण गर्न एकअर्कालाई मद्दत गर्नु मात्र रहेको बताएको छ।

नयाँ शक्ति पार्टी, नेपाल निश्चित युगिन वैचारिक, सैद्धान्तिक, राजनीतिक र कार्यक्रमिक आधारमा निर्माण भएको पार्टी हो। ‘समानुपातिक–समावेशी सहभागितामूलक लोकतन्त्र’ र ‘समुन्नत समाजवाद’लगायत ‘५ स’ मा आधारित अग्रगामी, लोकतान्त्रिक, क्रान्तिकारी र वैकल्पिक प्रगतिशील पार्टी निर्माण गर्ने उद्देश्यलाई हानी पुग्ने गरी नयाँ शक्ति पार्टी, नेपाल कुनै प्रकारको ध्रुविकरण, एकता वा विलयको प्रक्रियामा सामेल नहुने जनाएको छ।

नयाँ शक्ती पार्टी, नेपाल निश्चित वैचारिक धार र सवल संगठन भएका दलहरुबीचको स्वच्छ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुनसक्छ भन्ने विश्वास गर्दछ। तर वैकल्पिक, अग्रगामी, प्रगतिशील, क्रान्तिकारी, लोकतान्त्रिक, समाजवादी ‘तेस्रो धु्रव’ निर्माण गर्ने उद्देश्य त्यसको आधारभूत शर्त भएको पार्टीको निर्क्योल छ।

वैशाख २१/२२ गते केन्द्रीय कार्यालय बबरमहलमा बसेको सचिवालय बैठकमा भएको निर्णयबमोजिम जारी गरेको प्रेस विज्ञप्तीमा नयाँ शक्ती पार्टीले मुद्दा वा एजेण्डा मिल्नेहरुसँग कार्यगत एकता, सहकार्य गर्ने र विचार, लक्ष्य, नीति, कार्यक्रम, शैली मिल्नेसँग एकता, ध्रुवीकरण गर्ने कुरा स्पष्ट पारेको छ।

सम्पादन गरिएको: May 6, 2018, 10:33 am

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am