भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, यस्तो छ भ्रमणतालिका


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुइ दिने भ्रमणको लागि आज नेपाल आउदै छन्। उनको भ्रमण टोलि ४१ सदस्यीय रहेको छ। भ्रमणका क्रममा उनि जनकपुर, काठमाडौँ, र मुक्तिनाथ पुग्नेछन। भ्रमण अवधि भर उनले नेपालका बिभिन्न उछ पदस्थ व्यक्तिहरुसँग भेट गर्नेछन्। उनि आज शुक्रबार बिहान १०:१५ बजे भारतीय बायु सेनाको विशेष विमानबाट जनकपुरको रंगभूमि मैदानमा अवतरण गर्नेछन्।

मोदीलाई स्वागत गर्नको लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली बिहानै जनकपुरको लागि प्रस्थान गरिसकेका छन्ज।नकपुरमा मोदीको स्वागत रक्षामन्त्री इश्वर पोख्रेल तथा प्रदेश नम्बर दुईका मुख्यमन्त्रि लालबाबु राउतले स्वागत गर्नेछन| काठमाडौँमा भने उनको स्वागत परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले गर्नेछन।

आज काठमाडौँमा मोदी आवागमन गर्ने रुटहरूमा केहि बेर ट्राफिक अबरोध आउन सक्ने देखिएको छ।

 

मोदीको दुई दिने नेपाल भ्रमणको कार्यतालिका यस्तो छ:

वैशाख २८ गते शुक्रबार

बिहान ९:१५ बजे –  हेलिकोप्टरबाट जनकपुरमा अवतरण।

९:३० –  जानकी मन्दिरमा पूजा।

१०:१५ –  बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन।

१:३० – हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान।

४:०० –  गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान।

४:३५ – उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा।

५:०० – राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा।

६:०० – महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट।

 

वैशाख २९ गते शनिबार

६:०० – मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान।

८:३० – मुक्तिनाथमा पूजा।

१०:३० – मुक्तिनाथबाट काठमाडौं फिर्ता।

१०:४० – विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान।

११:३० – होटल हायात प्रस्थान।

२:०० – महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान।

३:३० – नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।

 

Loading...