वैदेशिक संबन्धको बारेमा सबै पार्टीको साझा दृष्टिकोण हुनुपर्छ – गगन थापा


पुर्व स्वास्थ्य मंत्री तथा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद गगन थापाले वैदेशिक संबन्धको बारेमा सबै पार्टीको साझा धारणा हुनु पर्ने कुरा बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले सरकारमा रहेका पार्टी र प्रतिपक्षको वैदेशिक संबन्धको बारेमा साझा दृष्टिकोण हुनुपर्ने बताएका हुन्। जब सम्म नेपाल-भारत र नेपाल-चिन संबन्धको बारेमा सबैको साझा धारणा बन्दैन तब सम्म नेपालले मित्र भ्रमणबाट लाभ लिन नसक्ने कुरा उनले बताए।

‘नेपाल भारत संबन्धलाई चुनावको विषय नबनाऔं। घर भित्रको भोटको विषय नबनाऔं। नेपाल-भारत र नेपाल-चिन संबन्धको बारेमा एउटा साझा दृष्टिकोण बनाऔं। सरकारमा रहेपनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं।’ थापाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी अभियानको प्रशंग याद गर्दै थापाले प्रधानमन्त्री ओलीले चुनावी अभियानमा राष्ट्रियता तथा वैदेशिक संबन्धको विषयलाई चुनावी विषय बनाएर गलत गरेको कुरा बताए।

प्रदेश २का मुख्य मन्त्रीले बोलेको कुरा कुटनीतिक मर्यादामा नभएको कुरा जिकिर गर्दै उनले यस मामिलामा परराष्ट्र मन्त्रालय चुकेको कुरा बताए। ‘नेपालको संविधानले परराष्ट्र मामिलामा मुख्यमन्त्रीलाई चिन्दैन। परराष्ट्र मन्त्रालयले यी कुराको जिम्मेवारी लिनुपर्छ’ थापाले थपे।

विवेकशील साझा पार्टीको नाम उल्लेख नगरिकन गगन थापाले संसदमा बोल्ने क्रममा मोदीको भ्रमण ताका उक्त पार्टीको कार्यालयबाट ब्यानर निकालिएको विषयमा पनि सरकारको आलोचना गरे।

Loading...