प्रधानमन्त्री ओली भन्छन् बिराटनगरको भारतीय फिल्ड अफिस हट्छ


नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले अब नेपाल-भारत संबन्ध बराबरीको हुने बताएका छन्। उनले भारत १९५०को सन्धि फेर्न पनि सहमत भइसकेको बताएका छन्।

यस अघि नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए। तर भारतले सो पत्रको जवाफ समेत दिएको थिएन। नेपाल भारतको संबन्धमा आएको नयाँ आयाम सँगै बिराटनगरको भारतीय फिल्ड अफिस पनि हट्ने ओलीको कथन छ।

२०६५  भदौ २मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछी बिराटनगरमा भारतको फिल्ड अफिस खुलेको थियो। तत्कालिन परिस्थितिमा नेपालका सवारी साधानहरुले भारतीय भूमि प्रयोग गर्नुपर्ने भयो र ती गाडीलाई पास दिनको लागि नै भारतीय दुतावासले त्यहाँ फिल्ड अफिस खोलेको थियो।

त्यस बेलाको आवश्यकतालाई मध्यनजर गरेर खोलिएको फिल्ड अफिस अहिले सम्म पनि भारतले हटाएको छैन।

Loading...