परनिर्भरता घटाउँदै लैजाने बजेट ल्याउनुपर्छ – सांसद विराजभक्त श्रेष्ठ


विवेकशील साझा पार्टीका प्रदेशसभा सांसद विराजभक्त श्रेष्ठले परनिर्भरता घटाउँदै लैजाने बजेट ल्याउनुपर्ने कुरा बताएका छन्। प्रदेश ३को बजेटको शैद्धान्तिक छलफलमा बोल्ने क्रममा सांसद श्रेष्ठले यस्तो सुझाव दिएका हुन्।

उनले आत्मनिर्भरता बढाउने नीति तथा कार्यक्रममा जोड दिनु पर्ने भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न प्रोत्साहन गर्ने खालको निति र उचित बजेट ल्याउन सुझाव दिएका छन्। यस विषयलाई नीति तथा कार्यक्रममा नै समेट्नु पर्ने कुरा उनले बताएका छन्।

उत्पादनमुखी नीति तथा कार्यक्रममा जोड दिई व्यापार घाँटा घटाउने ध्यान दिन उनले ध्यानाकर्षण गराएका छन्। एसडिजी २०३०लाई मध्यनजर गर्दै दिगो विकास अन्तर्गत अर्थतन्त्र, वातावरण र समाजलाई सन्तुलित हिसावले चलाउने  बनाउन उनले अर्थमन्त्रीलाई शुभकामना दिएका छन्।

उत्तर आधुनिकतावादलाई सहि व्यवस्थापन गर्न नसक्दा विश्वमा भएको विनासबाट पाठ सिक्दै विकास निर्माणमा समुदायको संलग्नता बढाउने तर्फ जोड दिन उनले सुझाव दिएका छन्। यसका साथै उनले भुकम्पबाट भत्किएका सम्पदाको पुनर्निर्माण तर्फपनि जोड दिन अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

बजेट खर्च गर्दा जनताले खाडीमा ५०°को घाममा बगाएको रगत पसिनालाई सम्झिनु पर्ने भन्दै उनले अबको समृद्धि मानवता सहितको हुनुपर्ने बताएका छन्।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111