नेकपाको केन्द्रिय समितिमा मात्रै १७% महिलाको उपस्थिति, दल दर्ता गर्न अन्योल


भर्खरै गठन भएको नेपाल कम्युनिष्ट पार्टीले ४ सय ४१ सदस्यीय केन्द्रिय सदस्यको टुङ्गो लागेको छ। तर, ४ सय ४१ जना केन्द्रिय सदस्य मध्य ७७ जना मात्रै महिला सदस्य छन्। यो संख्या १७ प्रतिशत मात्रै हुन आउँछ।

राजनीतिक दल सम्बन्धि ऐनको दफा १५ को ४ मा “दलको हरेक तहको समितिमा एक तिहाई महिला सदस्य हुनुपर्ने” प्राबधान रहेको छ।

नेकपाकै नेत्रीहरुले समेत केन्द्रिय समितिमा महिला उपस्थिति कमजोर भएकामा असन्तुष्टि ब्यक्त गरेका छन्।  सामाजिक संजाल ट्वीटरमा केन्द्रिय सदस्य बिन्दा पाण्डे लेखेकि छिन “राजनीतिक दल दर्तासम्बन्धी कानुन २०७४ काे दफा १५-४ अनुसार दल दर्ता गर्दा दलकाे सबै तहकाे समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्नेछ। नेकपा दर्ता हुदा याे लागु हुनुपर्छ की पर्दैन निर्वाचन अायाेगले ध्यान दिने नै छ ।”

७७ जना महिला केन्द्रिय सदस्य मध्य ३४ जना तत्कालिन नेकपा एमालेका तर्फ बाट छन्। बाकि ४३ जना भने तत्कालिन माओवादीका तर्फ बाट केन्द्रीय सदस्य भएका हुन्।

नेकपालाई दल दर्ताका लागी कम्तिमा १ सय ४७ जना महिला केन्द्रिय सदस्य आवश्यक हुनेछ।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111