बिराटनगरको भारतीय फिल्ड अफिस बन्द हुने, भारतको आयो यस्तो भनाई


भारतको विदेश मन्त्रालयको वेवसाइटका अनुसार भारतले बिराटनगरमा रहेको भारतीय राजदुतावासको फिल्ड अफिस हटाउने भएको छ। आधिकारिक प्रवक्ताको जवाफ भन्दै वेबसाइटमा यस्तो कुरा उल्लेख गरिएको छ।

यस्तो लेखिएको छ वेबसाइटमा:

In response to queries on the closure of the Biratnagar Camp Office, the Official Spokesperson said,

“The Biratnagar Camp Office of the Embassy of India in Nepal was opened in 2008 to deal with the situation arising out of devastating Kosi floods. The purpose for which this Camp Office was opened has been fulfilled. GoI had already decided to wind up the Camp Office and re-locate the personnel. This decision was conveyed by Prime Minister Modi to his Nepalese counterpart during his visit to Nepal last week. The PM of Nepal thanked PM for informing him about this decision.”

भारतका अनुसार कोशीमा आएको बाढीको समयमा खोलिएको फिल्ड अफिसको औचित्य समाप्त भइसकेकोले भारत सरकारले यसलाई बन्द गर्ने निर्णय गरेको छ। यो विषयमा भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई जानकारी गराइसकेका छन्। र  नेपालका प्रधानमन्त्रीले यसको लागि आभार व्यक्त गरेका छन्।

तत्कालिन समयमा कोशीमा विनाशकारी बाढी आएपछी नेपालका सबै गाडीहरू भारतीय बाटो हुँदै गुड्नु पर्ने भएको थियो। सो समयमा नेपाली गाडीहरूलाई पासको व्यवस्था गर्न नेपालमा रहेको भारतीय राजदुतावासले आफ्नो फिल्ड अफिस बिराटनगरमा खोलेको थियो।

नेपालको बाटो सुचारु भएपछी यस कार्यालय बन्द गर्न तत्कालिन परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चिठ्ठी लेखेपनि भारतले त्यसको जवाफ समेत पठाएको थिएन।

प्रधानमन्त्री ओलीको हालै भएको भारत भ्रमणको बेलामा यस कार्यालय बन्द गर्ने सहमती भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।

Loading...