उपेन्द्र यादव सरकारमा जाने, नेकपासँग भयो २ बुँदे सहमती


नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग २ बुँदे सहमती भएसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ।

बालुवाटारमा प्रधानमंत्री ओलीसँगको भेट पछी संघीय समाजवादी फोरमका सांसदहरूले एक पछी अर्को गर्दै सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका छन्।

फोरम अध्यक्ष यादव आइतबार बिहान बालुवाटार पुगेका थिए। त्यहाँ नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओली लगायत शिर्ष नेताहरूसँग उनले छलफल गरेका थिए। उक्त छलफलमा २ बुँदे सहमतीमा हस्ताक्षर भएपछी फोरम सरकारमा जाने निश्चित भएको हो।

अर्को मधेस केन्द्रित दल राजपाको पनि एउटा खेमा सरकारमा सहभागी हुन इच्छुक भएको बुझिएको छ।  केन्द्रीय सरकारमा सहभागिताको विषयमा राजपामा स्पष्ट २ कित्ता रहेका छन्। राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेता सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन्। उता महिन्द्र यादव, अनिल झा लगायका नेताहरु भने ओली सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनुपर्ने भन्दैछन् ।

राजपामा अहिले पनि स्पष्ट नेतृत्व नभएकोले छलफल  अगाडी बढाउन असहज भएको प्रधानमन्त्री ओली निटकले बताएका छन्।

यस्तो छ सहमती:

उपेन्द्र यादव सरकारमा जाने, नेकपासँग भयो २ बुँदे सहमती

Loading...