उपेन्द्र यादव र इश्वर पोखरेल बने वली सरकारका २ उपप्रधानमन्त्री


प्रधानमन्त्री ओलीको सरकारमा २ उपप्रधानमन्त्री थपिएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आज उपप्रधानमन्त्रीको रुपमा वली सरकारमा जोडिएका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका इश्वर पोखरेलले पनि उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

उपेन्द्र यादवले उपप्रधानमन्त्रीको साथमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका छन्। यादवसँगै फोरमका मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् । उता इश्वर पोखरेलले रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रधानमन्त्री केपी शर्मा वलीको सिफारिसलाई राष्ट्रपती विद्यादेवी भण्डारीले स्वीकृत गरेपछी सरकारमा २ मंत्री थपिएका हुन्।

Loading...