जसको घरबेटी भए पनि काम नगर्ने ठेकेदारलाई कारवाही गर्छु – गृहमन्त्री रामबहादुर थापा


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काम नगर्ने ठेकेदारलाई अपराधी मानेर कडा कारवाही गर्ने कुरा बताएका छन्।

कार्यकालको १०० दिनमा गरेका कामहरुका बारेमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारलाई कारवाही गरिछाड्ने दृढता व्यक्त गरेका हुन्। चाहे कसैको घरबेटी हुन् या नेता वा सांसद, काम नगर्ने जो कोही ठेकेदारलाई पनि कारवाही गर्ने कुरा उनले बताए।

राज्यबाट काम गर्नको लागि सम्झौता गरेपछी सो अनुसार काम नगर्नु राज्यको ढुकुटी दुरुपयोग गर्नु हो। र यसो गर्नु अपराध भएकोले उनीहरुलाई कारवाही गरिनेछ। चाहे जो कसैले पनि राज्यलाई धोका दिएमा कारवाही हुने कुरा उनले बताए।

कामचोर ठेकेदार मध्ये एक प्रचण्ड कै घरबेटी भएको भन्ने प्रश्नमा उनले चाहे जो जसको घरबेटी भए पनि कारवाही गर्ने कुरा बताएका हुन्।

नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले काठमाडौं वरपर दर्जनौं ठेक्का लिएर समयमा काम पूरा नगरेको कुरा खुलेको छ।

Loading...