कर्मचारीले अवकाशको २ वर्षसम्म काम गर्न पाउदैनन : लालबाबु पण्डित


पछिल्लो समय राजनीतिक ओहोदामा नव उदयमान राजनीतिकर्मी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले अवकासको २ वर्षसम्म कुनै पनि एनजीओ, आईएनजीओमा काम गर्न नपाउने बताएका छन् । राष्ट्रसेवक कर्मचारी अवकास पाउनेबित्तिकै एनजीओ, आईएनजीओमा काम गर्दा राष्ट्रको सूचनाको दुरुपयोग हुने गरेको उनले बताए ।

काठमाडौंमै सेवा गर्न पाए स्वाद आउने नत्र नआउने भन्ने छ कतिपय कर्मचारीमा’, पण्डितले भने, ‘तर देश भनेको हुम्ला, जुम्ला मुगुदेखि लिएर मनाङ, मुस्ताङ पनि हो । त्यहाँ पनि जनता छन् । सरकारले त्यहाँ पनि सेवा गर्नुपर्छ ।’
जागिर खाएर पनि पढ्ने मात्रै, काम नगर्नेमाथि निगरानी भइरहेको उनले बताए । ‘पैसा पनि खाइरहने किताब पनि पल्टाइरहेको छ । यो के–का निम्तिभन्दा माथि जानका लागि । जनताको काम नगरी माथि जाने काम उपयुक्त होइन’ मन्त्री पण्डितले भने ।

राष्ट्रसेवक कर्मचारी जनताकाबीच भिज्न सक्नुपर्ने भन्दै उनले मन्त्रालयमा आफू नहुँदा पनि निगरानी गरिरहने उनले बताए । ‘मन्त्रालयमा सिसी क्यामरा जडान गरेको छु । मैले मोबाइलबाट जहाँ बसेर पनि हेर्छु । के भइरहेको छ भन्ने थाहा पाउँछु,’ उनले भने, ‘कतिपय बेला आफैं छड्के पनि जान्छु । अन्य मन्त्रीज्यूहरुले पनि गर्नुभएको छ ।’

 

Loading...