भदौ १४ पछीका निर्णय बदर गरेर सरकारले राजनीतिक द्वन्द निम्त्याउन खोज्यो – नेपाली कांग्रेस


सरकारले भदौ १४ पछीका तत्कालिन देउवा सरकारले गरेको सबै सरकारी निर्णयहरु बदर गरेर राजनीतिक द्वन्द निम्त्याउन खोजेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ।

बुधबार साँझ बसेको मन्त्रीपरिषद बैठकले भदौ १४ पछीका निर्णयहरु बदर गर्ने निर्णय गरेपछी कांग्रेसबाट यस्तो प्रतिक्रिया आएको हो। कांग्रेसले सरकारको यस निर्णयलाई राजनीतिक पूर्वाग्रहको आधारमा लिएको निर्णय भनेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक सहमतीको आधारमा सबैलाई मिलाएर अघि बढ्नुको सट्टामा वर्तमान सरकारले राजनीतिक द्वन्द निम्त्याउन खोजेको बताए।

नेपाली कांग्रेसले भदौ १४ पछीका सबै निर्णयहरु बदर गर्नुको कारण प्रष्ट पार्नु पर्ने माग गरेको छ। तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले फागुन ३ गते राजीनामा दिएको अवस्थामा भदौ १४ पछीको निर्णय बदर गर्नु पर्ने कुनै कारण नरहेको कांग्रेसले जिकिर गरेको छ।

सरकारको यस निर्णय सँगै सात ओटा प्रदेशका प्रदेश प्रमुखहरुको पद पनि धरापमा परेको छ। कांग्रेसले यदी प्रदेश प्रमुखको नियुक्ती बदर भएमा राष्ट्रीय सभा र स्वयम प्रधानमन्त्रीको पदको विषयमा समेत प्रश्न उठ्ने दाबी गरेको छ।

कतिपय नियुक्तीहरु अवधी तोकेर गरिएकोले पद गुम्ने व्यक्तीहरुले कानुनी बाटो रोज्न सक्ने सम्भावना पनि रहेको छ।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111