भदौ १४ पछी देउवा सरकाले गरेको सबै राजनीतिक नियुक्ती बदर गर्ने मन्त्रीमंडलको निर्णय


बुधबार राती अबेर सम्म बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ देखी फागुन २ सम्ममा तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्तीहरुलाई बदर गर्ने निर्णय गरेको छ।

निर्वाचन आचार संहिता लागू भएपछि निर्वाचनलाई आफ्नो पक्षमा पार्न शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरिएको बताइएको छ।

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’ बैठकपछि सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बताए।

यस निर्णयसँगै राजनीतिक नियुक्तीका आधारमा नियुक्त भएका सयौं ब्यक्तीहरु पदमुक्त हुने भएका छन्। सात ओटै प्रदेशका प्रदेश प्रमुखहरुको नियुक्ती पनि उक्त समयमा नै भएकोले उनीहरुको पनि नियुक्ती बदर हुन सक्ने छ।

मन्त्रीपरिषदको निर्णय अनुसार राष्ट्रपतीले प्रदेश प्रमुखहरुको नियुक्ती गरेकोले मन्त्रीपरिषदको निर्णयबाट राष्ट्रपती मार्फत नै प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सकिने व्यवस्था छ।

Loading...