नेकपाका युवा संगठनहरूले निजि मेडिकलहरूलाई राष्ट्रियकरण गर्न सरकारसँग गरे माग


नेपाल कम्युनिष्ट पार्टीका ४ युवा संगठनहरुले नेपाल सरकारसँग सबै निजि मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गर्न वा गैर-नाफामुखी ट्रस्टमा रुपान्तहण गर्न माग गरेका छन्। युवा संघ नेपाल, वाइसियल नेपाल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले आज संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन्।

चिकित्सा शिक्षा विधेयक, डा. गोविन्द केसीको आन्दोलन र त्यसका कारण देशमा उब्जिएको अन्योलताको सम्बन्धमा आफ्नो धारणा तथा माग प्रस्तुत गर्दै यी संगठनहरुले प्रेस विज्ञप्ति जारी गरेका हुन्। उनीहरुले हरेक प्रदेशमा १-१ ओटा सरकारी मेडिकल कलेज संचालनको लागि प्रक्रिया अविलम्ब सुर गर्न समेत माग गरेका छन्।

चिकित्सा शिक्षा क्षेत्रको समस्याहरुलाई दिर्घकालिन रुपमा समाधान गर्न उच्चस्तरीय  चिकित्सा शिक्षा आयोगको गठन गर्न समेत माग गरेका छन्। यसका साथै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल जस्ता गतिविधिहरुलाई प्रतिबन्ध लगाउन माग गरेका छन्।

विज्ञप्ती मार्फत उनीहरुले डा. गोविन्द केसीसँग वार्ता गरि अनसन टुङ्ग्याउन तत्काल कदम चाल्न तथा गोविन्द केसीको आन्दोलनमा भइरहेको राजनीतिक घुसपैठ, अराजकता तथा दण्डहिनताको अन्त्यको लागि पनि माग गरेका छन्।

उक्त संयुक्त प्रेस विज्ञप्तीमा युवा संघ, नेपालका अध्यक्ष रमेश पौडेल, आइसियलका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुकी अध्यक्ष नविना लामा तथा अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्‍जित तामाङ्गले हस्ताक्षर गरेका छन्।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111