विवेकशील साझा पार्टीले माग्यो कानुनमन्त्री शेरबहादुर तामाङको राजिनामा


विवेकशील साझा पार्टीले बंगलादेशका नेपाली छात्राहरुबारे आपत्तिजनक र तुच्छ अभिव्यक्ति दिएको भन्दै कानुन मन्त्री शेरबहादुर तामाङको राजिनामा मागेको छ।

प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझाले डा. गोविन्द केसीको सत्याग्रहमा सरकारको गम्भीरताको अपेक्षा गरिएको बेलामा कानुन मन्त्री र सत्तापक्षीय शिर्ष नेतासँग निकट एक मेडिकल कलेज व्यवसायीले बंगलादेशमा अध्यनरत नेपाली छात्राहरूबारे गरेको निकृष्ठ र आपत्तिजनक अभिव्यक्तिको विवेकशील साझा पार्टी घोर भत्सर्ना गरेको जानाएको छ।

पार्टीले भनेको छ ती अभिव्यक्तीले नेपाली महिलाको अस्मिता र चरित्रमा गम्भीर आघात पुर्याएको छ। तसर्थ त्यस्तो अक्षम्य टिप्पणी उनलाई पदबाट तुरून्त वर्खास्त गर्न पर्याप्त भएकोले उनलाई तत्काल पदमुक्त गरियोस्।

यसका साथै विवेकशील साझाले कानुनमन्त्री संगै तुच्छ अभिव्यक्ति दिने व्यवसायी दुर्गा प्रसाईलाई प्रचलित कानुन अनुसार कारवाहिको प्रक्रिया अघि बढाउन जोडदार आग्रह गरेको छ।

Loading...

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-includes/functions.php on line 3743

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/nayaprah/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 111