Categories: राजनीति

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन नेकपाको निर्देशन

नेपाल कम्युनिष्ट पार्टीले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन निर्देशन दिएको छ। स्रोतका अनुसार उनले आजै पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नेछन्।

बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरु प्रति आपत्तिजनक अभिव्यक्ती दिएपछी मन्त्री तामाङ विवादमा तानिएका थिए। उनको राजिनामा माग गर्दै उनको व्यापक विरोध भइरहेको छ। नेकपा कै नेताहरुले समेत उनको आलोचना गरेका छन्।

विवाद बढेपछी मन्त्री तामाङले उक्त अभिव्यक्तीको लागि माफी मागेका थिए। तर पनि उनको विरोध हुने क्रम नरोकिएपछी आज नेकपा नेतृत्वले उनलाई राजिनामा दिन निर्देशन दिएको छ।

डा. केसीको अनसनले निम्त्याएको दवावका बीच मन्त्री तामाङ विरोधले झन् सरकारलाई समस्यामा पारेपछी प्रधानमन्त्री ओली लगायत नेकपाको शिर्ष नेताहरु हिजो साँझ छलफलमा जुटेका थिए। छलफलपछी मन्त्री तामाङलाई राजिनामा दिन निर्देशन दिने निर्णय भएको थियो।

मन्त्री तामाङले आज दिउसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन बोलाएका छन्। उनले उक्त पत्रकार सम्मेलन मार्फत राजिनामा घोषणा गर्ने तयारी भएको बुझिएको छ।

सम्पादन गरिएको: July 24, 2018, 11:39 am

ताजा समाचारहरू

नेपालको नमुना गाउँपालिका – यस्तो छ मर्स्याङ्गदी गाउँपालिका (भिडियो सहित)

जननिर्वाचित प्रतिनिधिहरुको व्यवस्थापनमा चलिरहेका स्थानीय तह प्रति आम जनताका अपेक्षा निक्कै धेरै छन्। तर हाल सम्मको अवस्था हेर्दा जनप्रतिनिधिहरूको काम सन्तोषजनक छैनन्।…

श्रावण २६ 2:11 pm

मोबाइल फोनमा गेम खेल्न हामीलाई किन मन पर्छ? मनो-विज्ञान त गेम बनाउनेले धेरै बुझेका रेहेछन्।

कतिजना युवक (बाल्यकाल) कटिसकेका सोच्न सक्छन, “हो म मोबाईलमा गेम खेल्छु, तर मात्र बसमा कलेज जाने समयमात्र, क्यानटीनमा खाजा टेबलमा…

श्रावण २५ 5:26 pm

नेपाल एयरलायन्सको २७४ सिट भएको दोस्रो वाइड बडी जहाज नेपाल भित्रियो

सरकारको पुर्ण स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको दोस्रो वाइड बडी जहाज आज नेपाल भित्रिएको छ। आज बिहान सबा नौ बजे जहाज काठमाडौंको…

श्रावण १० 5:52 pm

डा. केसीको वार्ता टोली र सरकारबीच भयो सहमती, डा. केसीलाई जानकारी गराइदै

अनसनरत डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी वार्ता टोलीबीचको वार्ता सहमतीमा पुगेको छ। डा. गोविन्द केसीको तर्फबाट वार्ताटोलीमा…

श्रावण १० 5:05 pm

बिराटनगरको भारतीय फिल्ड अफिस साउन १६बाट बन्द हुने

बिराटनगरमा रहेको भारतीय फिल्ड अफिस साउन १६ गते अर्थात अगष्ट १बाट बन्द हुने भारतीय राजदुतावासले जनाएको छ। उक्त फिल्ड अफिसले…

श्रावण ९ 9:03 am

समाजवादको खोजी गर्दै डा. केसीका समर्थकहरूले गरे टर्च लाइट र्‍याली

'समाज उन्मुख नेपाल हाम्रो चाहना' भन्ने नारा सहित डा. केसीका समर्थकहरूले मंगलबार बेलुकी टर्च लाइट र्‍याली गरे। महाराजगंज शिक्षण अस्पतालबाट…

श्रावण ९ 7:45 am