मैले बुझेको सुबुना बस्नेत


आउँदो मङ्सिर-२१,२०७४ मा हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काठमान्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा विवेकशील साझा पार्टीको तर्फबाट उमेद्वार दिएकी सुबुना बस्नेत आफैँमा एक उद्यमशील व्यक्ति हुन् | नेपालको सन्दर्भमा आफैँमा उद्यमशील व्यक्ति जसको आम्दानीको श्रोत सुनिश्चित हुन्छ त्यस व्यक्तिले मात्र स्वस्छ राजनीति गर्छन् भन्ने स्पष्ट रुपमा देखिएकाले नेपाली राजनीतिमा यहि परिपाटीको विकास गर्नु उनको एउटा महत्वपूर्ण उदेश्य रहेको छ| आफू नेपालका युवामा पनि उद्यमशील बन्न श्रोत-साधनको विकास गर्ने र स्वदेशमै रोजगारको वातावरण बनाउने उनको प्रमुख लक्ष्य मध्येको एक हो|

उनी आफैँ पनि नेपालको ग्रामिण भेगहरुबाट त्यहाँको स्थानीय उत्पादन विशेष गरेर घ्यू र अकबरे खोर्सानी काठमाडौंसम्म ल्याएर बेच्ने काम गर्दै आएकी छिन् | यसबाट भर्खरै प्लस टु अध्ययनरत उनको भाईले रोजगारी पाइरहेका छन् भने त्यही आम्दानीबाट भाईको पढाईमा सहयोग पनि पुगिरहेको छ | नेपालमा वैकल्पिक राजनीति र विवेकशील नेपाली दलको परिकल्पना सुरु हुँदै गर्दा देखि सक्रिय रुपले तत्कालिन विवेकशील नेपाली मन्चबाट राजनीतिमा होमिएकी उनले पार्टीभित्र पनि उद्ध्यमशिलता विकास प्रतिष्ठानको स्थापना र नेतृत्व गर्दै आइरहेकी छिन् भने, यसै कार्यक्रमको माध्यमबाट उनले हजारौँ युवालाई नेपालमै बसेर स्वरोजगार बन्न प्रेरणा दिईसकेकी छिन्|

SLC सकेपछि आफू घरभन्दा बाहिरै बसेर पढाई गरेको तर घरबाट १ रुपैयाँ पनि लिनु नपरेको बताउने उनले काठमाडौँको बबरमहलस्थित किङ्गस् (Kings) कलेजबाट उद्ध्यमशिलता विषयमा नै पूर्ण छात्रवृत्तिमा स्नाकत्तोर (MBA) सम्मको अध्ययन गरेकी छिन्| २ बर्ष अघि पढाई सकेकी उनले विकास उद्यमी नामक संस्थाबाट पनि युवाहरुलाई उद्यमी बन्न प्रेरणा दिने ‘उद्यमी नेपाल’ नामक कार्यक्रमको नेतृत्व गर्दै आइरहेकी छिन् | गुणस्तरीय शिक्षा र स्वास्थ्यको खोजिमा सानै उमेरमा ईलामबाट काठमाडौँ छिरेकी उनले काठमाडौँ क्षेत्र नं – ४ मै पर्ने कालोपुलमा युथ फर ब्लड(Youth for Blood) नामक संस्थाको काठमाडौँमै स्थापना र नेतृत्व गरि रगत अभावमा छटपटाइरहेका हजारौँ मानिसहरुको जीवन जोगाउन सघाएकी थिईन्| युवाहरुले नतृत्व तहसम्म अवसर पाउनुपर्छ भन्ने मान्यता राख्ने उनले संस्थाको संचालक समितीको कार्यकाल २ वर्ष मात्रै हुनुपर्ने कुरामा जोड दिइन् र २ वर्षको आफ्नो सफल कार्यकालपछि उक्त संस्थाको बागडोर नयाँ पुस्ताको हातमा हस्तान्तरण गरेकी थिईन्|

यसै गरि २०७२ सालको विनासकारी भूकम्पको समयमा भूकम्प पिडीतलाइ राहत संकलन गरि भूकम्पले तहसनहस भएको गाउँ गाउँमा गएर राहत वितरण गरेकी थिइन् भने डाक्टर गोबिन्द केशीले स्वास्थ्य क्षेत्रको सुधार र यस क्षेत्रमा हुने भ्रष्टाचार विरुद्ध पटक पटक अनसन बस्दा जनताले राम्रो स्वास्थ्य सुविधा पाउनुपर्छ र भ्रष्टाचार जरैदेखि उखेलिनु पर्छ भनेर भएको विभिन्न अभियानमा पनि नेतृत्वदायी भूमिका खेलेकी थिईन् | जहाँ पनि जुनसुकै समयमा अरुको सेवा गर्न तत्पर हुने सुबुनाले नाकाबन्दीको समयमा यात्रा गर्न कठिनाइ परेका अपाङ्ग, गर्भवती महिला, र वृद्ध-वृद्धाहरुलाई विभिन्न ठाउँमा युवाहरु परिचालन गरि आफ्नो गन्तव्यसम्म पुगने वातावरण मिलाएकी थिइन्  | उनको जीवनमा एउटा यस्तो समय आयो जसले उनलाई समाज सेवाले मात्रै संस्थागत र दिगो परिवर्तन सम्भव रहनेछ भन्ने महसुस भयो | त्यसपछि उनले राजनीतिमा चाख राख्न सुरु गरिन् तर नेपालमा फोहोरी राजनीति मात्रै हुने देखेर एकपटक दिक्क भईन्| उज्वल थापासँग बानेश्वरको संबिधानसभा भवन अगाडी संबिधान समयमै बनोस् भनेर आम-जनताबाट दिइएको दबाब कार्यक्रममा भेट भएपछि उनलाई केही आशा पलायो|थापासँगै उनी वैकल्पिक राजनीतिको बारेमा परिकल्पना गर्दै अघि बढ्न थालिन् |नेपालीहरुको सपना र आकाङ्क्षा बुझ्ने उदेश्यका साथ तत्कालिन विवेकशील नेपाली मन्चबाट गरिएको राष्ट्रिय पद यात्रा कार्यक्रमको राष्ट्रिय संयोजक भएर आफ्नो काम सुरु गरिन् |

२०७० सालको संविधानसभा निर्वाचनमा जब काठमाडौँका ४ वटा निर्वाचन क्षेत्रहरुबाट ४ जान स्वतन्त्र उमेद्वारहरुले ‘कुकुर’ चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिए, त्यसबेला सुबुनाले सम्पूर्ण चुनावी अभियानहरुको ब्यवस्थापनमा पनि नेतृत्वदायी भूमिका खेलिन्| उनी २०७२ साल मंग्सिर १२ गते सम्पन्न भएको पार्टीको प्रथम महाअधिवेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भईन् | उनले निरन्तर रुपमा युवाहरु स्वरोजगार हुनुपर्छ र स्वरोजगार भएको मानिसले घुस खोरी गर्दैन भनेर पार्टी भित्रैबाट उध्यमसिलाताको कार्यक्रमहरु संचालन गर्दै आएकी छिन्| मानिसको न्यूनतम आवश्यकता पूरा गर्नको लागि युवाले मरुभूमिमा आफ्नो रगत पसिना बगाउनु नपरोस्, स्वदेशमा नै उद्यम गरि आफ्नो जिविकोपार्जन गर्न सकियोस भनेर आउँदै गरेकी सुबुना प्रतिनीध चुनावमा काठमाडौं क्षेत्र न ४ बाट प्रतक्ष तर्फबाट उठेकी छिन् | उनको घोषणापत्रमा आफू संसद भैसकेपछि आफ्नो काम कर्तव्य र अधिकारभित्र बसेर सिंगो नेपालका लागि आफूलाई समर्पित गरेर काम गर्ने बताएकी छिन्| नेपाल एक पर्यटकीय सम्भावनाले भरिएको देश हो त्यसैले यहाँको धार्मिक, पुरातात्विक र प्राकृतिकको अनुपन सिर्जनाको नासामास नगरी पर्यटकीय विकासमा जोड दिने, विकासको कार्यहरुलाई तीब्रता दिने र विकासका कार्यहरु गर्दा सावधानीपूर्वक गर्ने जसकरण मानिस तथा वातावारमा नकारात्मक असर नपरोस्|

उनी संसदमा हुने नीतिगत भ्रष्टाचारको निरन्तर खबरदारी गर्ने र आम नागरिकहरु समक्ष सहि कुराहरु जस्ताको त्यस्तै प्रस्तुत गर्नेमा आफू ढुक्क भएको बताउँछिन् | विकासको बजेटमा हुने भ्रष्टाचार, जनस्वास्थ्य र वातावरणलाई ध्यानमा नराखी गरिने विकासका  कार्य गर्नेलाइ कडा कारवाही हुने नीति नियम बनाउन र त्यसको  कार्यन्वयन गर्न विशेष जोड दिने पनि बताएकी छिन् |युवाहरुलाई नेपालभित्रै गरिखाने वातावारण सिर्जना गर्नका लागि आवश्यक नीति निर्माण,बजेट विनियोजन र त्यसको कार्यन्वयनमा विशेष जोड दिने कुरा बताईन् | देशमा भइरहेको  लुटतन्त्र, अनियमितता,विकासमा सुस्ताता र वेथिति अन्त्य गर्न वैकल्पिक शक्तिको रुपमा राजनितिमा आएको र यसपटक अवश्य जित हुने उनको विश्वास छ | त्यस क्षेत्रका आम मतदाता पनि पहिलेभन्दा यसपटक नयाँ र वैकल्पिक शक्तिबाट निकै आशावादी भेटिन थालेका छन् |

– सुरेन्द्र बजगाईं

ललितपुर

[email protected]

श्रोत:http://surendrakoblog.wordpress.com

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *