विवेकशील साझा ललितपुर र सरोकारद्वारा नि:शुल्क स्वास्थ्य शिविर संपन्न


नारी दिवसमा विभिन्न संस्थाहरु आ-आफ्नै शैलीको कार्यक्रम गर्नमा व्यस्त थिए। एकातिर र्यारी, सभा-सम्मेलन, गोष्ठी भैरहँदा विवेकशील साझा पार्टी ललितपुर र सरोकारले भने दक्षिण ललितपुरको गोदावरी नगरपालिका -७, देवीचौरका महिला तथा बालबालिकालाइ लक्षित गरि नि:शुल्क स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न गरेका छन्।

महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सर तथा आङ खस्ने समस्याको चेकजाँचलाई प्राथमिकतामा राखी गरिएको कार्यक्रममा बालरोग विशेषज्ञ, दन्त चिकित्सक तथा जनलर फिजिसियनबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो| कार्यक्रममा उपस्थित महिला तथा किशोरीहरुलाई नि:शुल्क प्याडको पनि वितरण गरिएको थियो।

ग्रामिण महिलाहरुको विकराल स्वास्थ्य समस्याको रुपमा रहेको आङ खस्ने रोगको बारेमा शिविरमा उपस्थित महिला तथा किशोरीहरुलाई विशेष जनचेतनामुलक कक्षा समेत संचालन गरिएको थियो| विवेकशील साझा पार्टी ललितपुरका संयोजक जेसन वैद्यले भने “ग्रामिण क्षेत्रका महिलाहरुमा आङ खस्ने समस्या धेरै हुने भए पनि शिविरमा आएका धेरैलाई यसको कारण चै थाहा रहेनछ| हाम्रो विशेष कक्षाले धेरैलाई सजग गराएको छ|”

आङ खस्ने समस्याको बारेमा जनचेतना कक्षा

शिविरमा करिव ३०० जनाले स्वास्थ जाँच गराई नि:शुल्क औषधी प्राप्त गरेका थिए| यस किसिमको विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना भएकोमा स्थानीयवासीहरु निक्कै हर्षित थिए|

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *