गुप्तचर विभाग सहित सबै गोप्य सुचना संबन्धी संयन्त्रहरु अब प्रधानमन्त्रीको मातहतमा


भारतमा त्यहाँको गुप्तचर विभागहरू आई.बि तथा र.अ.ले सिधै त्यहाँको प्रधानमन्त्री कार्यालय मातहत काम गर्ने गरेका छन्। उनीहरुले आफ्ना गोप्य सुचना सिधै प्रधानमन्त्रीलाई रिपोर्टिंग गर्छन्। यी सुचनाका आधारमा प्रधानमन्त्रीले महत्वपूर्ण निर्णय गर्ने गर्दछन्।

नेपालको गुप्तचर विभाग, राष्ट्रीय अनुसन्धान विभाग भने गृह मंत्रालय अन्तर्गत रहने गरेको थियो।  उता राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभाग अर्थ मंत्रालय अन्तर्गत थिए। राष्ट्रीय सुरक्षा परिषद प्रधानमन्त्रीको नेतृत्वमा रहने गरेता पनि नेपाली सेनाको धेरै जिम्मेवारी रक्षा मंत्रालय अन्तर्गत छ।

देशको जटिल सुरक्षा संबन्धी सुचनाको पहुँच प्रधानमन्त्री बाहेक धेरै मन्त्रालयहरुमा रहने गरेको थियो। धेरै जसो गठबन्धनको सरकार बन्ने गरेको नेपालमा गृहमन्त्री प्रधानमन्त्रीको दल भन्दा फरक दलको हुने गरेकोले प्रधानमन्त्री कमजोर बन्न पुग्थे।

हालै गरिएको निर्णय पछी राष्ट्रीय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिएको छ।

नेपालको अर्को सुरक्षा जटिलताको रुपमा गैसस तथा अन्तर्राष्ट्रिय गैससहरु रहेका छन्। हालै गैसस तथा अन्तर्राष्ट्रिय गैसस सम्बन्धी मापदण्ड बनाउने तथा नियमन गर्ने जिम्मेवारीलाई पनि प्रधानमन्त्री कार्यालयको मातहत नै राखिएको छ।

राष्ट्रीय सुरक्षा संबन्धी सम्पूर्ण विभागहरू प्रधानमन्त्री कार्यालय अन्तर्गत राखिए सँगै अब प्रधानमन्त्री निक्कै शक्तिशाली बन्ने भएका छन्। साथै राष्ट्रीय सुरक्षा संबन्धी निर्णय प्रकृयामा पनि प्रधानमन्त्रीलाई निक्कै सहज हुने देखिन्छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *